• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वास्थ्यमन्त्री थारुको पहलमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न




जगत खनाल
देउखुरी, १९ चैत । राप्ती गाउँपालिका वडा नम्बर ६ का जनताको अनुरोधमा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको पहलमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पथ्थरगढवा मा सम्पन्न भएको छ ।

No description available.
प्रादेशिक अस्पताल तुल्सिपुरको प्राविधिक सहयोग तथा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाको आयोजनामा उक्त नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

१६३ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएको हिकोका अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश बिष्टले जानकारी दिनुभएको छ । उक्त नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा डाक्टर रचना खड्का ९प्रसुती तथा स्त्री रोग विशेषज्ञ , डाक्टर अनिता श्रेष्ठ (प्रसुती तथा स्त्री रोग विशेषज्ञ) र डाक्टर मुखिया घले ( फिजिसियन ) ले स्वास्थ्य सेवा दिनु भएको थियो।
निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको उदेश्य के हो भन्ने प्रश्नमा स्वास्थ्यमन्त्री थारुले जनताको माग रहेकाले आफुले पहर गरेको जवाफ दिनुभएको थियो ।
निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएकोमा स्थानीय सेवाग्राही निकै खुसि थिए । हाम्रो माग बमोजिम आज निःशुल्क स्वास्थ्य शिविरमा हामिले आफ्नो समस्या विशेषज्ञ डाक्टरसंग राख्न पाएका छौ र निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच गराउन पाएका छौ निःशुल्क रुपमै औसधि पाएका छौ हामी धेरै खुसी छौ । यस्ता निःशुल्क स्वास्थ्य शिविर आगामी दिनहरूमा पनि राख्न अनुरोध गरेको स्थानीय सेवाग्राही हरुले बताएका थिए ।

Facebook Comments