• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यानीलकण्ठ माविको अभिभावक भेला, उच्च गुणस्तरीय शिक्षामा जोड




घोराही, १९ चैत । घोराही उपमहानगरपालिका-१५ डिके पेट्रोल पम्प स्थित रहेको विद्यानीलकण्ठ माध्यामिक विद्यालयको बृहत अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले शनिबार घोराहीमा एक कार्यक्रमका बीच सो भेला सम्पन्न गरेको हो ।No description available.

घोराही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख बिनोद गौतमले बालबालिकाले कुन विद्यालय पढ्ने भन्ने बारेमा सेचेका हुदैनन् र अभिभावकले नै भोलिको दिनमा मेरा छोराछोरीले राम्रो शिक्षा आर्जन गर्न सक्नेछन् भन्ने उदेश्यका साथ विद्यालय छनोट गर्ने गरेको बताए ।

उनले शिक्षालाई समय अनुसार कस्तो बनाउने भन्ने बुझ्नुपर्ने र आफूले के गर्न लागेको हो त्यो बिषयमा राम्रोसँग बुझेको हुनुपर्नेमा जोड दिए ।No description available.

कार्यक्रममा योग गुरु रबिन्द्र बस्नेतले विद्यार्थी स्वस्थ, खुशी, संस्कार, संस्कृत, बोली तथा पढाइ राम्रो भएमात्र अभिभावकहरु खुशी हुने बताए । उनले अभिभावक सफल हुने कि असफल हुने भन्ने आफुमा भरपर्ने र अभिभावक सफल भएमात्र छोराछोरी राम्रो बन्नेमा जोड दिए ।

अभिभावकले बच्चालाई जस्तो संस्कार दिन्छन्, बच्चा त्यस्तै बन्ने भएकाले आफ्नो बालबालिकालाई राम्रोसंग माया, स्नेह तथा प्रेरणा दिएर हरेक बाताबरणमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

योग गुरु बस्नेतका अनुसार अभिभावकले आफ्नो बच्चाको क्षमता अर्को बच्चासँग तुलना गर्न नमिल्ने र अर्काको बच्चा जस्तै आफ्नो बच्चा बनाउन नसकिने भएकाले बच्चाको क्षमता अनुसार अगाडि बढाए बच्चा सफल बन्छन् । अभिभावकले आफ्नो बालबालिकालाई शिक्षासँगै परिवारको संस्कार तथा संस्कृति सिकाउनुपर्ने हुन्छ ।

विद्यालयका प्रिन्सीपल रामजनम चौधरीले विद्यालय र अभिभावक दुबैबाट केही न केही गल्तीहरु भएको बताए । उनले विद्यालय र अभिभावकको बिशेष समन्वय भएमात्र शिक्षालाई गुणस्तरीय बनाउन सहज हुनेमा जोड दिए ।

विद्यार्थीमा हरेक कुरा सकारात्मक बनाउने र अभिभावकले बच्चाको अभिभाकत्व ग्रहण नगरेसम्म विद्यालयको एकल प्रयासले मात्र शिक्षामा उच्च शैक्षिक गुणस्तर आउन नसक्ने प्रअ चौधरीले उद्घोष गरे ।

विद्यालय नयाँ व्यवस्थापनका साथ संचालन ल्याएसँगै थुप्रै योजना लिएको भएतापनि कोभिडका कारण कतिपय योजनाहरु पुरागर्न नसकेकोहुँदा अगामी शैक्षिक सत्रमा पूरा गर्ने उनले प्रतिवद्दता जनाए ।No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालले विद्यानिलकण्ठ विद्यालय मध्यपश्चिम कै अग्र स्थानामा रहेको बताए । उनले २०४७ सालमा स्थापना भएको विद्यालयमा अहिले नर्सरीदेखि मास्टरसम्म पढाइ हुने स्पष्ट पारे ।

नयाँ व्यवस्थापन र नयाँ टिमले संचालनमा लिएको विद्यालयमा सक्षम र योग्य शिक्षकहरुबाट पठनपाठन भइरहेको अध्यक्ष खनालको भनाइ छ ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक र शिक्षिकाहरुलाई अबिर तथा खादा लगाएर सम्मान गरिएको थियो ।

No description available.

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं स्कूलका निर्देशक प्रभात पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा  शिक्षक/ शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

विद्यालयको शिक्षिका सिर्जना अधिकारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयको भाइस प्रिन्सीपल शारदा खाड्काले गरेकी थिइन् ।

Facebook Comments