• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेचीकालीमा किड्स ओलम्पियाड




चैत्र १९, दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा अवस्थित मेचीकाली आवासीय विद्यालयमा आज शनिबार अन्य दिनमा भन्दा फरक दृश्य देखिएको छ । सधैँ किताब कापीका गह्रौ झोलामा देखिने विद्यार्थी आज भने उल्लासमय वातावरणमा प्रफुल्लित मुद्रमा देखिन्थे । बालबालिकाहरू कहिले दौड्ने, कहिले टाउकामा सामग्री राखेर हिँड्ने, कहिले पिटी खेल्ने गरेका थिए त कहिले नृत्य गरेर मनोरञ्जन दिलाइरहेका थिए । त्यसो त बोरामा पसेर दौड्ने, एकले अर्काको गोडामा बाँधिएका बेलुन फुटाउनमा बडो उत्साहित देखिन्थे । विद्यालयले सञ्चालन गरेको पहिलो किड्स ओलम्पियाड खेलमा बालबालिकाहरूले यस्तो प्रदर्शन गरेका हुन् ।No description available.

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत् उनीहरूको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतले जानकारी दिए । ञपढाइसँगैसँगै विद्यार्थीलाई संस्कार र अनुशासनसँग जोड्न आवश्यक छ । विद्यालय किताबी ज्ञान सिकाउने केन्द्र मात्र नभएर बालबालिकाको चौतर्फी विकासको केन्द्र हो । विद्यालयबाटै बालबालिकाले जीवन उपयोगी सीप सिक्नुपर्दछझ प्रिन्सिपल रावतले थपे ।

किड्स ओलम्पियाड खेलमा सहभागी भइसकेपछि बालबालिकाको खोज र सहकार्यलाई प्रोत्साहित, बालबालिकाहरूको आत्मसम्मान बढाउन, शारीरिक, मानसिक, भावनात्मक तथा समग्र बच्चाको विकासमा समेत सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा चम्चा–दौड, घस्रिएर हिँड्ने, वेलुन नृत्य, पिटी, टाउकोमा सामग्री राखेर दौड्ने, बोरा दौड, पजल रेस लगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरूले पनि विभिन्न संस्कृति झल्कने खालका नृत्य प्रस्तुत गरेका थिए ।

No description available.

कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिकाहरूलाई किताबी ज्ञानमात्र नभइ अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु पर्ने बताएका थिए । खेलले बालबालिकाहरूलाई अनुशासन तथा समन्वय गरेर अगाडि बढ्न सहयोग पुग्ने बताएका थिए ।

विकास नगर टोल विकास समितिका अध्यक्ष बेचन वलीले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्म केसीको अध्यक्षता तथा घोराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयका लेखापाल विष्णु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ७ मा अध्ययनरत विद्यार्थीद्वय लक्ष्मी पाण्डे र सुजन आचार्यले गरेका थिए ।

Facebook Comments