जगत खनाल
देउखुरी, १८ चैत । नेकपा एकीकृत समाजबादी राप्ती गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
ज्ञानु गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रम को प्रमुख अतिथि एकीकृत समाजबादीका केन्द्रीय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिश्वासी रहनु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बिश्वासीले एमालेलाइ पत्तासाफ गर्दै प्रगतिशील कम्युनिस्ट एकतामा जोड दिनु भएको थियो । पाँच दलिय गठबन्धन कायम रहने बताउदै नेता बिश्वासीले कुनैपनि हालतमा एमाले र राजाबादी पार्टीसँँग गठबन्धन गर्न नसकिने बताउनु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य मुकुन्द राज रोका , जिल्ला अध्यक्ष सुरामणी बेलबासे चुनाव केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।
उक्त कार्यक्रममा अमेन संघ राप्ती गाउँपालिका कमिटि पनि गठन गरिएको थियो भने ३ दर्जन भन्दा बढी एकीकृत समाजबादीमा प्रवेश गरेका थिए ।
पालिका कमिटी सदस्य प्रवीण कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन झबिन्द्र गिरिले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।