आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो ।
सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ ।
छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।