• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब स्थानीय तहसम्म नै पाँच दलीय संयन्त्र बन्ने




सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।
बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा पार्टीका सम्बन्धित तहका प्रमुखहरू सम्मिलित संयन्त्र निर्माण गर्ने निर्णय भएको जानकारी दिए । ‘प्रदेश, जिल्ला र स्थानीय तहमा तत्कालै गठबन्धन दलको संयन्त्र बन्छ, त्यसले आफ्नो क्षेत्रमा गठबन्धनको अवस्था कस्तो छ, हुन्छ भन्नेबारे विस्तृतमा प्रतिवेदन तयार गरेर केन्द्रलाई पठाउँछ,’ उनले भने, ‘आगामी निर्वाचनमा हामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्छौँ ।’
उनले ती संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन गरिएको जानकारी दिए । ‘हामीले जसरी राष्ट्रियसभामा चुनाव लड्यौँ, त्यसरी नै पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर चुनाव लड्ने निर्णय गरेका छौँ,’ उनले भने । उनले मुलुकभरको अवस्थाबारे जानकारी लिएपछि कहाँ कसरी तालमेल गर्ने भनेर निर्णयमा पुग्ने बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराएका थिए ।
सञ्चारमन्त्री कार्कीका अनुसार गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका गरेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
Facebook Comments