शिवु खनाल
देउखुरी, १७ चैत्र । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन जित आफ्नो पक्षमा पार्न दाङ जिल्लामा नेकपा (माओवादी केन्द्र)ले चुनावी गतिविधि अघि बढाएको छ । जिल्लाको दशवटै पालिकाका एकसय वडामा (माओवादी केन्द्र)लाई विजयी बनाउ अभियान सुरु गरी चुनावी गतिविधिलाई तीव्र बनाएको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादीलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र एकता र उर्जा अभिवृद्धि गर्ने र मतदातालाई अपिल गर्ने, माओवादीको नेतृत्वमा प्राप्त राजनितिक र आर्थिक उपलब्धि जनतासमक्ष पु¥याउने उद्देश्य रहेको नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य निर्मल आचार्यले बताउनुभयो ।
यस्तै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य इन्द्रजित थारुले स्थानीय तह निर्वाचन लक्षित गरेर जिल्लाको एकसय वडामा माओवादी विजयी बनाउ अभियान सुरु गरिएको जानकारी दिनुभयो । अभियान सञ्चालन गर्न पार्टीका नेताहरुलाई वडामा परिचालन गरिएको उहाँले बताउनुभयो । उहाँले पार्टीको आन्तरिक मजबुतीकरण तर्फ ध्यान दिज कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो,—। ‘गठबन्धन भनेको दोस्रो कुरा हो, त्योभन्दा पहिले पार्टीलाई एक्लै पनि जिताउने हैसियत बनाउनुपर्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लामा रहेको दश स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले एक पालिका र २६ वटा वडा जितेको थियो । आगामी वैशाख ३० गते हुन लागेको थानीय तहको निर्वाचनमा सबै पालिकामा पार्टीलाई जिताउनु अभियानको लक्ष्य रहेको केन्द्रीय सदस्य थारुले बताउनुभयो ।
जनताले मागे विकास आगामी स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँ–गाउँमा पुगेका नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्तालाई जनताले विकास निर्माण माग गरेरका छन् । नेकपा (माओवादी केन्द्र)लाई विजयी बनाउ भन्ने अभियान लिएर जनताको घरदैलोमा सुरु गरिएको छ । नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिकाका इञ्चार्ज चक्रबहादुर खड्काको नेतृत्वमा पालिकाको विकट गाउँ पुगेको टोलीलाई स्थानीयले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, संचार लगायतका विकास माग गरेका छन् । स्थानीयले गाउँमा सामान्य रोगको उपचार गर्नसमेत स्वास्थ्य चौकी नभएको, वर्षौँदेखि खानेपानीको समस्या रहेको, आधाभूत तहभन्दा माथिल्लो तहको विद्यालय नभएको सडक लगायतका भौतिक पूर्वाधार नहुँदा कष्टकर जीवनयापन गर्नु परेको दुःख सुनाएका थिए ।
यस्तै नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्काको नेतृत्वमा राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङनाका हुदँै, सिरिया, सुकौली, पटौली, कल्याणपुर खांग्रानाका हुदै गौरीयानाका सम्म (माओवादी केन्द्र)लाई विजयी गराउ अभियान लगेर जनताको घरदैलोमा पुगेको इञ्चार्ज खड्काले बताउनुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका अध्यक्ष श्यामबहादुर रोकाको नेतृत्वमा पश्चिम भौवानाका हुदैँ, भैसाहीँ, सुनपत्थरी, सिउरेनी, गम्भीरा, डगमारा, छेग्रिया, गन्धेला, गौरीयानाका सम्म (माओवादी केन्द्र)विजयी गराउ भन्ने नारा बोकेर जनताको घरदैलोमा पुगेको इञ्चार्ज खड्काले बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।