• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाइयो




घोराही, १६ चैत । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस घोराहीमा पनि मनाइएको छ । महासंघ दाङ शाखाले बुधबार घोराहीमा पत्रकारिताको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सो दिवस मनाएको हो ।No description available.

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेलले महासंघको ६७ औं स्थापना दिवसको शुभकामना दिदै आबश्यकता, प्रतिशोध र देखासिकी पात्रकारिता चलेको बताए । उनले योजना र व्यवस्थापनका आधारमा मिडिया चलाएमा मिडिया राम्रोसँग चल्ने प्रष्ट पारे ।

पत्रकारिता एउटा बौद्धिक पेशा भएतापनि योजनाबद्ध ढंगमा जान नसक्दा कता–कता पत्रकारिता क्षेत्र धुलमुलिएको जस्तो देखिएको तर पत्रकारिता क्षेत्रको संभावन व्यापक रहेकाले पत्रकारहरु अध्ययनशिलता उत्कृष्ट हुनुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले पत्रकारिताको सम्भावना र चुनौती हरेक युगमा हुने बताए । उनले हामीसँग नैतिक बल भयो भने सबै कुरा पार गर्ने र नैतिकतामा अडेर अगाडि बढियो भने कुनै कठिनाइ आइ नपर्नेमा जोड दिए ।

पछिल्लो चरणमा विज्ञान प्रविधिले गर्दा पत्रकारिका क्षेत्र विसाल भएको तथा अनलाइन मिडिया व्यवस्थापन गर्नुपर्ने र मिडिया हाउका संचालकहरुले श्रमजीवी पत्रकारलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्दा पत्रकारमा आकर्षक भन्दा विकर्षण बढेको तथा समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए ।

पछिल्लो समय पत्रकारिता क्षेत्र निरासाजनक भएको आभास महसुस हुने र पूर्ण कालिन रुपामा मिडिया, बिज्ञान एजेन्सी मार्फत विज्ञापन आउने हुँदा मिडिया हाउसले कम मूल्य पाउने अबस्था सिर्जना भएको कार्यक्रममा सहभागीहरुको जोड थिए ।

कार्यक्रममा महासंघको ६७ औं स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष, निर्वतमान अध्यक्ष, वर्तमान अध्यक्षलाई महासंघको लोगो वितरण गरिएको थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुशील पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानीका सुशील गौतम, प्रेस काउनसिल नेपलका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मसाल, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडित, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष सविन प्रियासन, प्रेस युयिनयका केन्द्रीय सदस्य शुलोचना गौतम, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस संगठन दाङका अध्यक्ष पाण्डव शर्मा, जनपत्रकार संगठन, नेपाल दाङका उपाध्यक्ष जंगबहादुर रेउले लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।No description available.

नेपाल पत्रकार महासंघ दाङको उपाध्यक्ष सन्तोष सुबेदीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण महासंघका सचिव आरके शीतले गरेका थिए ।

Facebook Comments