• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइदै




घोराही, १६ चैत । घोराही उपमहानगरपालिकाले पालिकास्तरमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ ।No description available.

उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाले बुधबार घोराहीमा टाइफाइड खोप संचानलका लागि संचारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरी सो जानकारी दिएको हो ।

उपमहानगरकाले यही चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म घोराहीका १९ वटै वडा कार्यालयका विद्यालयहरुमा सो खोप अभियान संचालन गर्न लागेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।No description available.

घोराही उपमहानगरपालिकाको १९ वटै वडाका १५ महिनादेखि १५ वर्षमुनिका ७३ हजार ८ सय २ जना बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाले एक दिनमा १ जना स्वास्थकर्मीले २ सय जना बालकालिकाहरुलाई खोप लगाउन सक्ने छन् ।

नेपाल सरकारले उत्पादन गरेकोको टाइफाइडविरुद्धको खोप नेपालमा पहिलो पटक चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म संचालन गर्न लागिएको सो खोप अभियानमा १०७ जना स्वास्थ्यकर्मी खटाउन लागेको स्वास्थ्य शाखाका ठाकुर खनालले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता भएको कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी , नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका ठाकुर खनाले गरेका थिए ।

Facebook Comments