• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमहीमा बालकविता प्रतियोगिता सम्पन्न




दाङ  । नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता लमही क्षेत्र अन्तर्गत साेमबार सम्पन्न भएकाे छ ।
राती साहित्य परिषद् जिल्ला शाखा, दाङकाे अायाेजना तथा माध्यमिक बिद्यालय फल्कापुर लमहीकाे समन्वयमा भएकाे बाल कविता प्रतियोगितामा लमही क्षेत्र भित्रका करिब दुई दर्जन विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा माध्यमिक विद्यालय फल्कापुरका व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद अाचार्यकाे प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् पुरस्कार संस्थापक पुरूषाेत्तम खनाल तथा राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाकाे विशिष्ट अातिथ्यतामा सम्पन्न भएकाे थियाे।
नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि सम्पन्न बालकविता प्रतियोगितामा साहित्यकार निमबहादुर थापा, छविलाल काेपिला, शरद पाेख्रेलले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियाे ।

लमही क्षेत्रका लागि सम्पन्न बाल कविता प्रतियोगितामा अादर्श नमुना माध्यमिक विद्यालय लालमटियाका निरज केसी प्रथम, माध्यमिक विद्यालय फल्कापुर लमहीका सुजाता श्रेष्ठ द्वितीय, बुद्धज्याेति माध्यमिक विद्यालय गढवाका निहारीका शर्मा तृतीय, माध्यमिक विद्यालय फल्कापुर लमहीका सन्ध्या अाचार्य सान्त्वना भएका छन् ।

प्रतियोगितामा सफल बिद्यार्थी भाइबहिनीहरूलाई नगद पुरस्कार सहित प्रमाण-पत्र तथा कार्यक्रम समन्वय गर्ने माध्यमिक बिद्यालय फल्कापुर लमहीलाई प्रशंसा-पत्र प्रदान गरिएकाे थियाे ।
राप्ती साहित्य परिषद्का सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरूषाेत्तम खनालले अाफ्नी अामाकाे स्मृतिमा याे पुरस्कार अक्षकाेषकाे स्थापना गर्नुभएकाे हाे ।

सो बालकविता प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि माधवप्रसाद आचार्य, राप्ती साहित्य परिषद्का सल्लाहकार तथा पुरस्कार संस्थापक पुरूषाेत्तम खनाल, राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष तथा जिल्ला शाखा, दाङका सल्लाहकार कमलमणि देवकोटा, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पाेख्रेल, लुम्बिनी बाङमय प्रतिष्ठान दाङ शाखाका अध्यक्ष निमबहादुर थापा, प्रगतिशिल लेखक सघ नेपाल दाङ शाखाका उपाध्यक्ष रेशम बि.सी., माध्यमिक विद्यालय फल्कापुर लमहीका प्रधानाध्यापक सम्झना शर्मा, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन शर, साहित्यकार छविलाल काेपिला, शरद पाेखेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे, भने कार्यक्रममा साहित्यकार गंगानाथ काेइराला, शेरबहादुर चाैधरी र बुद्धज्याेति मा.वि का प्रधानाध्यापक बसन्तराज भट्टराई, जनज्योति मा.वि बेलाका शिक्षक दामाेदर चाैधरी , बाल जनता अाधारभुत विद्यालयका शिक्षक कमला अाचार्य, माध्यमिक विद्यालय फल्कापुर लमहीका शिक्षकहरू अमृत थापा, जयप्रकाश पौडेल, टुकलाल अाचार्य र शिवराज रिजालकाे उपस्थिति रहेकाे थियाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य एवं कार्यक्रम संयाेजक अार्शिष कल्पवृक्षको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण सदस्य विना राेकाले गर्नुभएको थियाे ।

Facebook Comments