• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनताको आस पलाउने गरी उपहानगरले काम गरेको छ ः मेयर चौधरी




घोराही, १५ चैत । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जनताको आस पलाउने गरी उपहानगरले काम गरेको बताएका छन् । घोराही उपमहानगरपालिकाको आयोजना तथा साझेदारी संघीयता सहयोग/ थारु पत्रकार संघ दाङको समन्वयमा सोमबार भएको उपमहानगरको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।No description available.

नगर प्रमुख नरुलाल चौधरीले जनताले गरेका विकास निर्माणका काममा देखिएका समग्र प्रश्नहरुको जवाफ दिदै जनप्रतिनिधि तथा कर्मचारीहरुबाट कतै नियम विपरित काम भएको छकि त्यो सबै कुराको जनकारीका लागि टोलबासीसँग सम्बन्ध राख्ने र टोलबासीहरुको भावनालाई बुझेर उपमहानगरले यो पाँच वर्षको समयमा भए÷गरेका कामहरु सार्वजनिक गर्ने, पारदर्शी गर्ने र जनताका बीचमा जाने तथा हुन बाँकी कामलाई अगामी दिनमा गर्ने बताए ।

देशमा संघीयता लागु भएपश्चात आम उपभोक्ताहरुका लागि वडाबाटै धेरै सेवाहरु प्रवाह भएको र स्थानीय ऐन आएसँगै वडाबाट नागरिकता सिफारिस, जन्म, मृत्यु, बसाईसराइ लगायत थुप्रै विकास निर्माणका कामहरु भइरहेकोहुँदा जबसम्म उपभोक्ताहरुमा विकास निर्माणका कामहरु मेरो/हाम्रो हो भन्ने बानीको विकास हुँदै तबसम्म विकास दिर्घकाल नहुने उनले स्पष्ट पारे ।

नगरप्रमुख चौधरीका अनुसार घोराहीमा सडक पेटीमा बस्ने बालबालिकाहरुलाई उमहानगरले पढ्ने बातावरण सिर्जना गरेसँगै अहिले घोराहीमा अथान बालिकालिकाहरु नभएको र मानसिक असन्तुलित घएका व्यक्तिलाई उपचार गरेर परिवारसँग पनर्मिलन गराइसकेपछि अब घोराहीमा जोकोही नागरिक मानसिक असन्तुलन भएर बाच्नुपर्ने र परिवारले माया मार्नुपर्ने बाध्यता हटेको छ ।

फोहोरबाट अब छिट्टै ग्याँस उत्पादन हुने र घोराहीमा दिर्घकालिन रुपमा खानेपानीको अभाव नहोस् भनेर जलासयहरु निर्माण गरिएको तथा अब उप्रान्त विकास निर्माणका कामहरुको इस्टेमेट गर्दा इञ्जिनियरहरुले विशेष ध्यानदिनुपर्ने उनले भनाइ छ ।No description available.

 

सार्वजनिक सुनुवाईमा घोराही ८ बस्ने शोभाराम चौधरीको विद्युतको पोल सार्ने काम किन भएन ?, घोराही १६ बस्ने दिनेश नेपालीले हलो जोत्ने किसानले कहिलेसम्म ट्रेक्टर पाउने ? र ऋषिराम पोख्रेलले फोहोरलाई मोहरमा बदल्ने कार्यक्रम किन प्रभावकारी भएन ? लगायतले थुप्रै प्रश्न तथा गुनासहरु गरेका थिए ।

सोही प्रश्नको जवाफ दिँदै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले विद्युत प्राधिकरणको समन्वयमा विद्युतका पोलहरु हटाउने कामहरु भइरहेको हुँदा कतै छुटेको भए सो काम पालिकाले अगाडि बढाउने बताए । उनले अनुदानका कार्यक्रमहरु वितरण गर्दा पालिकाबाट सूचना जारी गरी सोही सूचनाका आधारमा परेका निवेदनहरुलाई छनोट प्रक्रियाबाट अनुदान दिने गरेको भएतापनि गाउँ–बस्तीसम्म सूचना प्रबाह नभएको हुन सक्ने स्पष्ट पारे ।

पालिकाले सबैक्षेत्रमा पहुँच पुग्ने गरी काम गरेको तर कतै विकास निर्माणका कामहरु नभएका भए त्यहाँको योजना बनाई आउने आवमा बजेट विनियोजन गरी कामगर्ने र फोहोरलाई मोहरमा बदल्ने कार्य घोराही उपमहानगरको मात्र नभइ सम्पूर्ण नगरबासीको दायित्व भएको उनको भनाइ छ ।

त्यस्तै सरसफाई सम्बन्धीका गुनासहरुको जवाफ दिदै घोराही उपमहानगरपालिका सरसरफाई शाखाका प्रमुख लक्षण अधिकारीले फोहोरलाई मोहरमा बदल्ने काम जटिल र चुनैतीको काम भएको बताए । उनले घोराही १६ मा रहेको जिरो ल्याण्ड फिल्ड साइडमा फोहोरहरु व्यवस्थापन गर्ने काम भइरहेको भएतापनि उपमहानगरको सीमित स्रोत साधनले गर्दा फोहोर उठाउँने काममा केही समस्या देखिएको जिकिर गरे ।

घोराही उपमहानरपालिकाका सूचना अधिकृत भिमबहादुर चौधरीले सार्वजनिक सुनुवाई कार्यक्रमका बारेमा जानकारी दिदै पालिकबाट प्रवाह हुने वस्तु तथा सेवा सुविधाहरुलाई गुणस्तरीय र प्रभावकारी बनाउन सेवाग्राहीहरुबाट रचनात्मक पृष्ठपोषण लिने उद्देश्य राखिएको बताए ।

घोराही उपमहानगरपालिकाको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपनगरप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडाध्यक्षहरु, सचिवहरु, वडा सदस्यहरु, टोल विकास संस्थाहका प्रतिनिधहरु लगायत आम नागरिकहरुको उपस्थित रहेको थियो ।No description available.

बासदेव आचार्यको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण नविन चौधरीले गरेका थिए ।

Facebook Comments