• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा रासायनिक मल सम्बन्धी जनचेतनामूलक तालिम




जगत खनाल
भालुबाङ । राप्ती गाउँपालिका कृषि बिकास शाखाले विभिन्न कृषि सहकारी मार्फत अगुवा कृषकलाई रासायनिक मल सम्बन्धी जनचेतनामूलक तालिम संचालन गरेक छ ।


रासायनिक मल कसरी बराबर मात्रामा प्रयोग गरि उत्पादनलाई वृद्धि गर्ने भन्ने उदेश्यका साथ तालिम संचालन गरेको कृषि बिकास शाखा कि निमित्त प्रमुख सिमा भट्टले जानकारी दिनु भएको छ ।

विभिन्न कृषि सहकारी मार्फत आठौं दिन सम्म विभिन्न स्थानमा संचालन गरेको रासायनिक मल सम्बन्धि एक दिने जनचेतनामूलक तालिममा २१० भन्दा बढी अगुवा कृषकको सहभागिता रहेको थियो ।

तालिमको प्रशिक्षकमा आर्थिक बिकास शाखा प्रमुख जिवराज पौडेल , कृषि सामाग्री कम्पनी लिमिटेडका निमित्त प्रमुख घनश्याम कवर , कृषि बिकास शाखा राप्ती गाउँपालिकाका वर्षाती गडरिया र निमित्त शाखा प्रमुख भट्ट रहनु भएको थियो ।

तालिमको क्रममा बराबर मात्रामा कसरी रासायनिक मल प्रयोग गर्ने , कुनै रासायनिक मलको कमिले कस्तो प्रकारको समस्या देखिन्छ लगायत कुरामा कृषकलाई जानकारी दिएको थियो ।

कुनैपनि बोटबाट राम्रो उत्पादन लिनको लागि १६ प्रकारका तत्व आवश्यकता पर्ने पनि उक्त तालिममा जानकारी दिएको थियो ।

माटो कसरी परिक्षण गर्ने , लहरे बालिलाइ कसरी 3 डि कटिङ गर्ने , विषादी कसरी प्रयोग गर्ने सुरक्षा कसरी अपनाउने , कस्तो प्रकार को विषादी कसरी प्रयोग गर्ने लगायतका बिषयमा तालिम दिएको निमित्त प्रमुख भट्टले जानकारी दिनु भएको थियो ।

Facebook Comments