• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा पुगेर प्रचण्डले भने– यसपटकको चुनाव हामी जित्दैछौं




नवीन लोचनमगर
रोल्पा, १४ चैत। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव अरुका लागि चुनाव मात्र भएपनि माओवादीका लागि ठूलो लडाई भएको बताएका छन् । सोमबार रोल्पाको लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले क्रान्तिकारीका निम्ति चुनाव पनि ठूलो मोर्चा भएको बताए । ‘हामीले जित्दा संविधानले जित्छ, जनताले जित्छन् ।                                                    हामीले हार्दा संविधानले हारेको हुन्छ, जनयुद्धले हारेको हुन्छ । त्यसकारण हाम्रो लागि यो व्याटल हो । यो व्याटल हामीले जित्नैपर्छ ।’ दाहालले भने ।
देशभरमा माओवादीले जितेको ठाउँ अब्बल
प्रचण्डले माओवादीले जितेका वडा तथा स्थानीय तह विकास र समृद्धिमा अब्बल रहेको दावी गरे । अरुले जितेको क्षेत्रमा भ्रष्टाचार र बेइमानी हुने र माओवादीले जितेको क्षेत्रमा अब्बल काम हुने गरेको सरकारको वैधानिक निकायको प्रतिवेदनले देखाएको बताए । दशवर्षे जनयुद्धले एउटा ऐतिहासिक विरासत निर्माण गरेको चर्चा गर्दै दाहालले भने, ‘अब शान्ति, विकास र समाजवाद निर्माणमा पनि अर्को इतिहास रचना गर्नुछ ।’ रोल्पाले आफूलाई एकतावद्ध गरेर प्रतिक्रियावादीलाई असफल बनाउनुपर्ने बताए ।
लडाई अहिले पनि उस्तै
प्रचण्डले प्रतिक्रियावादीहरुसँगको लडाई अहिले पनि उस्तै भएको बताए । ‘अहिले पनि लडाई उस्तै छ । प्रतिक्रियावादीले हामीलाई घेरा हालेर सिध्याउन चाहन्छन्, हामी घेरा तोडेर विजयी हुन चाहन्छौं’ उनले भने, ‘यो कुरा रोल्पा लगायत देशभरका जनताले पक्कै पनि बुझ्नुभएको छ ।’ अहिले पनि हामीले संविधानसभाबाट बनाएको संविधानका राम्रा कुरा उल्ट्याउनको निम्ति षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध अन्तिमसम्म लडिरहने बताए ।
रोल्पा प्रतिक्रियावादीका लागि आतंक हो
दशवर्षे जनयुद्धका क्रममा रोल्पामा लामो समय विताएका दाहालले रोल्पा प्रतिक्रियावादी, जाली फटाहको निम्ति आतंक भएको र जनताको निम्ति भरोसाको केन्द्र भएको दावी गरे । उनले रोल्पा सिंगै दह्रो उभिएको छ भन्ने सुनेपछि देशभरका प्रतिक्रियावादीहरुको मुटुमा ढ्यांग्रो ठोक्ने बताए ।                                                                                                     उनले आफू जाइनलाग्ने र आइलाग्ने माथि इँटका जवाफ पत्थरले दिने गरी रोल्पाले तयारी गर्नुपर्ने बताए । रोल्पामा आउँदा आफूलाई गर्वको अनुभूति भएको समेत दाहालले बताए ।

Facebook Comments