• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडेल




शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनु भएको छ ।

नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीति कतथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो ।

“बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,” मन्त्रीपौडेलले भन्नुभयो “पार्टीलाई धोका दिइपदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सरापदै हुनुहुन्छ ।”

आगामी स्थानीयतहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताउनुभयो । “आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,” मन्त्रीपौडेलले भन्नुभयो, “आफ्नो पार्टी मजबुद भएपछि अन्यदल गठबन्धन गर्न आउँछन् ।”

देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्तउपलब्धीलाई संस्थागतगर्न गठबन्धन गरेको बताउनुभयो ।
माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उहाँले बताउनुभयो ।

उहाँले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै माओवादीले ल्याएको परिवर्तनमा अन्यदलहरुले रजाई गरेको बताउनुभयो । “माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलव्धी भए, उपलव्धीहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो”मन्त्रीपौडेलले भन्नुभयो “माओवादीकै उपलव्धीमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कुँगर्न मिल्दैन दुई–दुई पटक संविधान मिचेर संसद अन्त्य गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउदैन ।”

माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगलिक सहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्य सम्पादनका लागि कमाण्ड तयार परेको उल्लेख गर्नुभयो । उहाँले समाजवादी क्रान्तिको लागि शक्तिशाली पार्टी निर्माणको संकल्प गरेको बताउँदै थप सक्रिय हुनकार्यकर्तालाई आग्रहगर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम अचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेकाथिए ।

Facebook Comments