• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) दाङको छात्रा विभागले सिडियो कार्यालयमा ज्ञापन पत्र बुझायो




घोराही, १३ चैत । अखिल (क्रान्तिकारी) दाङको छात्रा विभागले जिल्ला प्रशासनकार्यालय दाङलाई ज्ञापन पत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार नै आइतबार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सो पत्र बुझाएको हो ।No description available.

संगठनका छात्रा विभाग प्रमुख प्रभा वलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘ बिगत केही समय यता छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिले हाम्रो ध्यानाकर्षण भएको छ । चोक–चौतारादेखि विद्यालय–घरसम्म, १८ महिनाको शिशुदेखि ७० वर्षीय बज्यैसम्म जघन्य अपराध बलात्कारको शिकार बन्न परेको छ, यस्ता कार्यमा संलग्न दोषीलाई कारबाही नहुँदा थप घटना बढ्ने र समाज आतंकित हुने गरेको छ ।’

राज्यले महिलाहरुको निम्ति ठोस योजना बनाउन नसक्दा कुनैपनि ठाउँमा सुरक्षाको प्रत्याभूति हुने अवस्था नभएको र पछिल्लो समय मोरङको एक विद्यालयमा भएको घटना, निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट लगायतका घटनाको शृंखला हेर्दा डरलाग्दो देखिएकोहुँदा मोरङ, चितवन र सल्यानका पछिल्लो समयमा भएका ताजा घटनाका दोषीलाई कारबाही गर्नुपर्ने जोडदार माग गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै सम्पूर्ण छात्राहरुलाई सुरक्षाको लागि तालिको व्यवस्था गर्नुपर्ने, महिला शसक्तिकरण कार्यक्रम बनाउनु पर्ने, सचेतामूलक कार्यक्रम बनाई नारी सुरक्षाप्रति राज्य गम्भीर बन्नुपर्ने सो विभागले अनुरोध गरेको छ ।

यस्तो छ, ज्ञापन पत्रNo description available.

Facebook Comments