• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनाथ बालबालिकासँग भूमिकाको जन्मदिन




भुवन केसी

काठमाडौ । गायिका भुमिका गिरिले आफ्नो जन्मदिन अनाथ बालबालिकासङ मनाएकी छन् ।No description available.
आज आफ्नो जन्मदिनको अवसर पारेर गायिका गिरिले काठमाडौको चबहिल मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकाहरुलाई खाद्यान्न,लत्ताकपडा र कापीकलम
हस्तान्तरण गरेकी हुन् ।

विगत लामो समयदेखि गायिकीमा रमाउदै आएकी गायिका गिरिले पछिलो ५ वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउदै आएकी छन् ।

गायिका गिरि विभिन्न समाजिक कार्यमा समेत सहभागी हुँदै आएकी छन । उनले जन्मदिनकै अवसर पारेर क्यान्सर पीडितलाई समेत यथाशक्य सहयोग गरेकी छन् ।

चोली मैलो भो तारा सङै जुनू लगायतका थुप्रै चर्चित गितहरु मार्फत आफ्नो बेग्लै छवि बनाइ सकेकी गायिका गिरिले अनावश्यक खर्च गर्ने रकमले बुवा आम र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको बताइन् ।

सहयोग हस्तान्तरण गर्ने क्रममा कलाकार सुलेमान शंकर इकु अनाथ आश्रमका संचालकलगायतको सहभागिता रहेको थियो ।

Facebook Comments