• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षाकाे आवश्यकता : उपकुलपति लामिछाने




चैत्र १२, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा . विकास लामिछानेले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक रहेकाे बताएका छन् । दाङको घाेराहीस्थित राजविद्या पाठशालाकाे वार्षिकोत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै उपकुलपति लामिछानेले अबकाे शिक्षा व्यवहारिक र स्वराेजगारमुखी हुन आवश्यक रहेकाे बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका उपकुलपति लामिछानेले बालबालिकालाई संस्कारसहितकाे शिक्षा जरूरी रहेकाे बताए । `यी सानासाना बालबालिकाकाे प्रस्तुति, यिनका क्रियाकलापले शिक्षण सिकाइमा पृथकताकाे महसुस गरेकाे छु । शैक्षिक गुणस्तरमा उपलब्धीकाे आशा गरेकाे छु । ´ उनले थपे, ` बालबालिकाकाे क्रियाकलापले मलाई लाेभ्याएकाे छ , याे लाेभले शैक्षिक उन्नयनमा आशा जगाएकाे छ । विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनकाे अपेक्षा गरेकाे छु ।´

कार्यक्रमका विशिष्ट अतिथि तथा
घाेराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत नारायण पाैडेलले बालबालिकाका लागि अभिभावकले समय दिन नसकेकाे बताउँदै अभिभावकले बालबालिकालाई प्रशस्त समय दिन जरूरी रहेकाे बताएका थिए । उनले बालबालिकालाई स्वभाव, व्यबहार, संस्कार सिकाउन जरूरी रहेकाे कुरामा बताउँदै बालबालिकालाई व्यवहारिक सिकाइमा जाेड दिन सुझाएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावत तथा घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्द, दाङ उद्याेग वाणिज्य संघका सह काेषाध्यक्ष राजभक्त राना, त्रिभुवननगर जेसिजका अध्यक्ष विवेक आचार्य , दाङ महिला जेसिजका अध्यक्ष शारदा शर्मा घर्ती,अभिभावक प्रदिप पाैडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रिन्सिपल टीका जङ्ग बिकले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै विद्यार्थीहरू ऋतु सेन्चुरी र शिशिर कुमाखीले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले चालु शैक्षिक सत्रमा प्राप्त गरेका उपलब्धि तथा विभिन्न प्रतियाेगितामा विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएकाे थियाे । उत्कृष्ट कार्यवापत शिक्षक शिक्षिका तथा कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएकाे थियाे । वर्ष उत्कृष्ट शिक्षकमा ममता पुन र वर्षदिनभरि नियमित विद्यालयमा उपस्थित हुने शिक्षकका रूपमा रीता गुरूङलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, याेगा, गीत, तेक्वान्दो, नाटक लगायतका प्रस्तुति राखेका थिए ।

कार्यक्रम विद्यालका प्रिन्सिपल टीकाजंग बिकेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण विद्यार्थीद्वय अर्नव चाेबे र साकुरा बुढाले गरेका थिए ।

Facebook Comments