• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा बाल कविता प्रतियोगिता सम्पन्न




दाङ  । नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता तुल्सीपुर क्षेत्र अन्तर्गत शुक्रबार सम्पन्न भएकाे छ ।
राती साहित्य परिषद् जिल्ला शाखा, दाङकाे अायाेजनामा भएकाे बाल कविता प्रतियोगितामा तुल्सीपुर क्षेत्र भित्रका करिब तीन दर्जन विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल सरकारका पुर्व सहसचिव तथा राप्ती बहुमुखी क्यापस व्यवस्थापन समितिका अध्यक्ष डा. विष्णुकुमार देवकोटाकाे प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् पुरस्कार संस्थापक पुरूषाेत्तम खनाल तथा राप्ती साहित्य परिषद्का वरिष्ठउपाध्यक्ष कमलमणि देवकोटाकाे विशिष्ट अातिथ्यतामा सम्पन्न भएकाे छ ।
नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि सम्पन्न बालकविता प्रतियोगितामा साहित्यकार कमलमणि देवकोटा, डा. हिमलाल पन्थी र यम रेग्मीले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियाे ।
तुल्सीपुर क्षेत्रका लागि सम्पन्न बाल कविता प्रतियोगितामा संस्कार पाठशालाका न्यूसन खनाल प्रथम, श्री माध्यमिक विद्यालय तुल्सीपुर सेन्टर स्कुलका लेखराज देवकोटा द्वितीय, श्री गुरूजजुर माध्यमिक विद्यालयका शैलेश शर्मा तृतीय, हिमाल एकाडेमीका कुमुद अाचार्य र जीवन ज्याेति स्कुलका खुमराज शर्मा सान्त्वना भएका छन् ।
राप्ती साहित्य परिषद्का सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरूषाेत्तम खनालले अाफ्नी अामाकाे स्मृतिमा याे पुरस्कार अक्षकाेषकाे स्थापना गर्नुभएकाे हाे ।
सो बालकविता प्रतियोगिता कार्यक्रममा राप्ती साहित्य परिषद्का वरिष्ठउपाध्यक्ष तथा जिल्ला शाखा, दाङका सल्लाहकार कमलमणि देवकोटा, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव शेषमणि रिजाल, साहित्यकार डा. हिमलाल पन्थी, खगेश्वर भण्डारी, यम रेग्मी, मनाेज मगरले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य एवं कार्यक्रम संयाेजक विमला डाँगी विकलताको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश के.सीले गर्नुभएको थियाे ।

Facebook Comments