• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बैंकको बित्तीय साक्षरता




घोराही/विश्वव्यापी मुद्रा सप्ताह-२०२२ को सप्ताह अन्तर्गत नेपाल बैक लिमिटेड दाङ शाखाले घोराहीको रझेना मा.वि.मा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।No description available.

विद्यालयमा अध्ययनरत करिव २०० जना बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ ।No description available.

बदलिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले बित्तीय जानकारी सबैलाई हुनुुपर्ने भएका कारण विश्वव्यापी मुद्रा सप्ताह-२०२२ को साप्ताहिक कार्यक्रम को अवसर पारेर विद्यार्थीलाई अभिमुुखिकरण गरिएको बैंकका शाखा प्रबन्धक सरोज उपाध्यायले जानकारी दिए ।

बैकका सहायक प्रबन्धक गायत्री भट्टराईको स्वागत मन्तव्य तथा विद्यालय का प्रधानाध्यापक उद्द्व न्यौपाने को मन्तव्य बाट शुरु भएको कार्यक्रममा शाखा प्रवन्धक सरोज प्रसाद उपाध्याय कर्मचारी हरु केशव सुवेदी, नवराज आचार्य लगायत लगायतकाले आर्थिक बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तिय साक्षरताले दिने फाईदाका तथा डिजिटल कारोवार को बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।No description available.

कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्री उद्द्व न्यौपानेको प्रमुख आतिथ्यता, बैकका शाखा प्रबन्धक श्री सरोज प्रसाद उपाध्याय को सभापतित्वमा एंव विद्यालय का शिक्षक गिरि प्रसाद भट्टराई,पदम आचार्य , लोकमणी आचार्य लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको बैकका कर्मचारी सजय पाण्डेले जानकारी दिए ।

Facebook Comments