विष्णु गोराथोकी
घोराही, ११ चैत । मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले शुक्रबार घोराही-१७ चौघेरामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
जेष्ठ नागरिक प्रतीक्षालय एबम् राधाकृष्ण मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष पदम प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैंकका कर्मचारी सन्तोष ओलीले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल राष्ट्र बैंकले यस सातालाई ग्लोबल मनि साता घोषणा गरेसंगै बैंक तथा बित्तिय संस्थाले साक्षरता कार्यक्रम गर्दै आइरहेका छन् ।
उक्त कार्यक्रममा मेगा बैंकका शाखा प्रबन्धक बिबेक आचार्यले बैंक तथा बित्तिय संस्थाले दिने सेवा, बैंकिङ सुरक्षा , विभिन्न प्रलोबन देखाएर हुने कारोबारबाट आफू र अरुलाई पनि सजक गराउनुपर्ने जस्ता विषयमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा जनप्रीय टोलका अध्यक्ष ध्रुब गोराथोकी,मयुर टोलका अध्यक्ष स्थानेश्वोर सुवेदी,जनप्रीय टोलका सचिब नारायण प्रसाद पोख्रेल र कोषाध्यक्ष ओम कान्त रेग्मी,समाजसेवी खेमराज पोख्रेल(उपेन्द्र )लागयतले मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमकाे सहजिकरण बैंकका कर्मचारी मनिश सेढाईले गर्नु भएको थियाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।