• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर नेपाल राप्तीको अध्यक्षमा खनाल




प्रेस सेन्टर नेपाल राप्ती गाउपालिका शाखा गठन भएको छ ।

आज एक भेला गरि जगत खनालको नेतृत्वमा १८ सदस्यीय कमिटी गठन गरिएको हो ! भुवन केसि को अध्यक्षता र नेकपा माओवादी केन्द्र दाङ जिल्ला सचीव विश्वराज आचार्यको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

नेकपा माओवादी केन्द्र राप्ती गापा संगठन कमिटी अध्यक्ष स्यामेस चौधरी , जननिर्वाचित वडा अध्यक्ष जगत बहादुर थापा , प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला इन्चार्ज प्रकाश चौधरी ले शुभकामना मन्तव्य दिनु भएको थियो भने प्रेस सेन्टर नेपाल दाङ जिल्ला अध्यक्ष पाण्डब शर्माले बिषय बस्तु माथी प्रकाश पर्नु भएको थियो ।

जगत खनाल नेतृत्व को टिममा उपाध्यक्ष छपेन्द्र बहादुर बुढाथोकी , महिला उपाध्यक्ष मा भुमा बिष्ट , सचीव भुपेन्द्र पाण्डे , सहसचिव अतिस नेपाली , कोषाध्यक्ष सुस्मा गिरि सदस्यहरुमा सुनिल पुरी , हरि भण्डारी , खिमु वलि , खुम बहादुर चौधरी , कमला के सि , यमकला चौधरी , बिन्दु बिष्ट , बसन्त गिरि , सुभाष बिक , राम बहादुर शाही , नारायण पोख्रेल र शान्तराज बुढा मगर चयन हुनु भएको छ ।

प्रेस सेन्टर नेपाल का प्रदेश कमिटी सदस्य नेत्र खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जगत खनाल ले गर्नु भएको थियो ।

Facebook Comments