• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम होलेरीमा सम्पन्न




लिलाराज विश्वकर्मा
होलेरी, ११  चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )  रुन्टीगढी गाउँपालिका कमिटीले  आफ्नो पार्टी तथा कार्यकर्ताहरुलाई राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।                                                           कमिटीले हिजो बिहीबार होलेरी एक कार्यक्रमका बीच सो प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रममा आउदै गरेको बैसाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको लागि आगामी दिनमा कसरी सक्रिय भएर जनता माझ प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल गरिएको छ।

नेकपा (माओवादी केन्द्र) रुन्टीगढी गाउँपालिका संगठन कमिटीका अध्यक्ष जगतबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन” सिजल” को प्रमुख आतिथ्यता तथा प्रदेश कमिटि सदस्य गोविन्द पुन (नजर) को विशिष्ट आतिथ्यतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र पुन र बिशिष्टअतिथि गोबिन्द पुनले पार्टीको सिद्धान्त र धारण प्रयोग गरि पार्टी संगठित र बलियो बनाउनमा सबै लाग्नु पर्ने र १० बर्षे जनयुद्धमा सहिद र घाइते अपांगका सपना पूरा गर्न सबै लाग्नुपर्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

सोही अबसरमा नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि ६ जना नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टी परित्याग गरि प्रवेश गर्नेमा नेका १जना र नेकपा एमालेका ५ जना रहेका माओवादी केन्द्र रुन्टीगढी गाउँ कमिटीले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका ९ वटा वडाबाट करिब २०० जना भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
ओम प्रकाश पुन (अनुप )को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण  मीनबहादुर थापा मगरले गर्नुभएको थियो।

 

Facebook Comments