• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थानीय चुनाव नजिकिएसँगै दल बदल तीब्र




शिवु खनाल

देउखुरी, १० चैत्र/ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्थानीय तहको निर्वाचनमा जनताको मन जितेर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।No description available.

 

उहाँले गठबन्धन होला र चुनाव जितौला भनेर बस्न नहुने भन्दै, तत्कालै चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले मसिनरि चुनावको तयारीमा आग्रह गर्नुभयो ।

 

बिहिवार (माओवादी केन्द्र) दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ वडा कमिटिले गोठुवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै, मन्त्री थारुले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताउनुभयो । ‘तपाईहरु एकढिक्का भएर आफ्नो संगठनलाई बलियो बनाएर चुनावको तयारीमा लाग्नुस्, मन्त्री थारुले कर्यकर्तालाई भन्नुभयो ।’

 

नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका वडा नम्बर ७ को वडा कमिटि अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख अतिथिमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र) प्रदेश सदस्य अमरकवर (नविन), राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्का (शिखर), राजपुर गाउँपालिका अध्यक्ष श्याबहादुर रोका, उपाध्यक्ष भिमबहादुर वली लगायतले बोल्नुभएको थियो ।

 

कार्यक्रमको सहजिकरण सचिव गनबहादुर वलीले गर्नुभएको थियो । कांग्रेसमा गयो पहिरो, खड्का सहित एकसय भन्दा बढि माओवादीमा प्रवेश स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेशको लहर चलेको छ ।

No description available.

दाङको राजपुर गाउँपालिका क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ । बिहिवार मात्रै राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवाका नेपाली कांग्रेसका नेता धनिप्रसाद खड्का सहित एकसय भन्दा बढि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।No description available.

 

उनिहरुलाई नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले टिका फुल माला लगाएर स्वागत एवम् माओवादीमा प्रवेश गराउनु भएको हो । नेपाली कांग्रेसका धनिप्रसार खड्काको नेतृत्वमा नेकपा एमालेका नेता लोकबहादुर खड्का सहित एकसय भन्दा बढि नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको नेपाल प्रेस सेन्टर राजपुर गाउँपालिकाका कोषध्यक्ष तिकलबहादुर रानाले खबर पठाउनु भएको हो ।

 

धनिप्रसाद खड्का विगत ३३ वर्षदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहदै अएका थिए । नव प्रवेशी भन्छन्, अहिलेसम्म अलमलिएछौँ लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले नेकपा (माओवादी केन्द्र)ले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ र कुनैदिन पनि पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप नहुने बताउनुभयो ।

 

यस्तै नेपाली कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएका धनिप्रसाद खड्काले अहिलेसम्म हामीलाई कांग्रेसले बाँडेको सपनामा अलमलिएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, हामी अहिलेसम्म अलमलिएका रहेछौँ अब जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कांग्रेसी प्रवृत्तिको अन्त्यका लागि नेकपा (माओवादी केन्द्र) को शक्ति नै चाहिने रहेछ भन्ने महशुस भएको छ ।’

Facebook Comments