• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीन खम्बे नीति मार्फत कृषिमा आत्मनिर्भर ः चेम्बर




नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसंग सहकार्य गर्ने भएको छ । बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवसंग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो ।No description available.

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताउनुभयो । कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्व ५३ करोड रुपैयाँ बराबरको खाद्यन्न आयत हुनु मुलुककै लागि दुर्भाग्य भएको मल्लले बताउनुभयो ।

आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको अध्यक्ष मल्ले बताउनुभयो ।

मल्लले भन्नुभयो, ‘सरकारले उपयुक्त लगानीको वातावरण बनाईदिने हो भने निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ । किसानको उत्पादन देखि बजारीकरण राज्यले साथ दिन आवश्यक छ । खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसंगै अनुदानको व्यवस्था गर्न आवश्यक छ, ।’

कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिएपनि प्रभावकारी हुन नसकेको र सरकारसंग कृषि अनुदान लिएर जग्गाको कारोबार भईरहेको गुनासो बढेको अध्यक्ष मल्लको भनाई छ । ३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।

चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसंग सहकार्य मार्फत कृषि उत्पादन अभियानशुरु गरेको अध्यक्ष मल्लको भनाई छ ।युवाहरुलाई व्यवसायिक खेती तर्फ आर्कषित गर्न चेम्बरले आवश्यक सवै समन्वय गर्ने समेत अध्यक्ष मल्लले बताउनुभयो ।

कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषक मैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो । कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा अनुसारको काम हुन नसकेको मन्त्री यादवले बताउनुभयो । कृषिमा तीन खम्वे अर्थनीतिका लागि आफुले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भईरहेको मन्त्री यादवको भनाई छ ।

कृषिकले उत्पादन गरेका बस्तुहरुको उत्पादन भण्डारणदेखि बजारीकरण सम्मको व्यवस्था सरकारले गर्नेगरी तयारी भईरहेको जानकारी दिनुभयो । मन्त्री यादवले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भईरहेको समेत बताउनुभयो । इजरायलबाट फर्किएका युवाहरुले मन्त्री यादवसंग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए । उनिहरुले विदेशी प्रविधी तथा उन्नत जातको विऊ भित्र्याएर नेपालमा कृषि प्रर्वद्धन गर्न खोजेपनि नीतिगत झण्झटका कारण समस्या भएको गुनासो गरे ।

कार्यक्रममा इजरायलका लागि पूर्वराजदूत डा अन्जान शाक्यले इजरायलको कृषि प्रविधीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

 

Facebook Comments