• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेगा बैंक घोराहीद्वारा पद्मोदय क्याम्पसका विद्यार्थीलाई बित्तीय साक्षरता कार्यक्रम




 

बिष्णु गोराथोकी
घोराही, ९ चैत । मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले पद्मोदय क्याम्पस घोराहीमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले यस सातालाई ग्लोबल मनि साता घोषणा गरेसँगै शाखाले आज बुधबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरेको हो ।

क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक सम्बन्धित ज्ञान प्रदान गरिएको छ ।

कार्यक्रममा मेगा बैंकका शाखा प्रबन्धक बिबेक आचार्यले बैंक तथा बित्तिय संस्थाले दिने सेवाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

बैंकका कर्मचारी मनिश सेढाई , सन्तोष ओलि , प्रीयका सिंह लगायतले बैंकको सेवा तथा खाताका प्रकार सहित सुबिधा , डिम्याट खाता , शेयर कारोबारको महत्त्व लगायतका विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा क्याम्पसका प्रमुख निस्चल आचार्य, रमेश घिमिरे, सुरज घिमिरे, क्याम्पसमा बिबिएस प्रथम,द्वितीय तथा तृतीय बर्षमा अध्ययनरत ७०/७५ जना बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको समीक्षा बिद्यार्थी बिष्णु गोराथोकीले गर्नुभएको थियो ।

 

Facebook Comments