• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा तीन सय ७८ जना जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण




सल्यान,९ चैत । सल्यानमा तीन सय ७८जना जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकहरुलाई घरमै गएर भेटघाट र चेकजाँच गरेका हुन् ।

गाउँपालिकाको नीति अनुसार नै स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकको घरदैलोमा खटाइएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो । ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्बन्धीत वडा तथा घरदैलोमै गएर चेकजाँच र निःशुल्क औषधि वितरणको ब्यवस्था मिलाईएकोउहाँले बताउनुभयो । गाउँपालिकाले २१९ जना महिला र १५९ जना पुरुष जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको हो ।

गाउँपालिकाको वडा नम्बर १ मा ६४ जना, २ मा २९ जना, ३ मा ३९ जना, ४ मा ५७ जना ७० वर्ष माथीका जेष्ठ नागरिकलाई चेकजाँच र औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै वडा नम्बर ५ मा ७४ र वडा नम्बर ६ मा एक सय चार जनालाई घरभेट तथा स्वास्थ्य चेकजाँच, परामर्श र औषधि वितरण गरिएको स्वास्थ्य शाखाका सिअहेव सुवाश हमालले जानकारि दिनुभयो ।

घरमै पुगेर स्वास्थ्य सेवा दिँदा जेष्ठ नागरिक आमाबुवाहरू निकै खुसी हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । रिम स्वास्थ्य चौकी कपुरकोट ५ का अहेव टिकाराम न्यौपानेलेस्वास्थ्य परिक्षण गरिएका ज्येष्ठ नागरिकहरुमा केहिलाई सामान्य प्रेसर, दम, गेष्ट्रीक, हाड जोर्नी दुख्ने जस्ता समस्या देखिएको बताउनुभयो । उनीहरुलाई स्वास्थ्य परामर्श समेत दिइएकोर स्वास्थ्यकर्मीहरु घरमै पुगेर चेकजाँच गर्दा खुसी हुने गरेको न्यौपानेले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकलाई दिएको सेवाको विवरण नाम सबै भरेर गाउँपालिकामा पेश गर्नेगरेको स्वास्थ्य शाखाले जनाएको छ । एक जना जेष्ठ नागरिकलाई घरभेट तथा चेकजाँच गरे वापत स्वास्थ्यकर्मीलाई गाउँपालिकाले ७५ रुपैयाँ उपलब्ध गराउने गरेको छ । बृद्धबृद्धाको उपचारको लागी सम्बन्धीत वडामा रहेका स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी ढंगले परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

हिडेर अस्पताल तथा स्वास्थ्य संस्थासम्म जान नसक्ने जेष्ठ नागरिकहरुले घरमै निःशुल्क रुपमा स्वास्थ्य सेवा पाएपछि उनीहरु हर्षित छन् । जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि गाउँपालिकाले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान पनि गर्दै आइरहेको जनाएको छ ।

 

Facebook Comments