दाङ,९ चैत । दाङमा एक जना महिलाको शव फेला परेको छ । बबई गाउँपालिका–७ राउताराकी ६५ वर्षीया गंगी कुँवरको शव घर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
मृत अवस्थामा फेला परेकी कुँवरको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । कुँवरको शव देखेपछि स्थानीय वनका चौकीदारले मृतकको परिवारलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नवीन चुदालीले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने बताए । मृतकको शव पोष्ट मार्टमको लागि तुलसीपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चुदालीले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।