• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु




दाङ,९ चैत ।  दाङको देउखुरीमा मोटरसाईकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ । पूर्व- पश्चिम राजमार्गको लमही नगरपालिका वडा नम्बर १ कौडियामा लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् ।

मोटरसाईकल चालक लमही नगरपालिका ३ बस्ने ३१ बर्षका किसन चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाईकको पछाडी सवार कपिलबस्तु जिल्ला त्रिपुरा नगरपालिका ८ का २८ बर्षिय विरेन्द्र यादब गम्भिर घाईते हुनुभएको छ । घाईते यादवको अहिले बुटवलमा उपचार भैरहेको छ । भालुबाङ बाट लमही तर्फ आउने क्रममा मोटरसाईकल मंगलबार राती दुर्घटनामा परेको हो ।

Facebook Comments