डि.के. मगर दाङ , ८ चैत ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आयोजना गरिएको लुम्विनी प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा दाङ जिल्ला उद्योग बाणिज्य संघ प्रथम, तुलसीपुर उद्योग वाणिज्य संघ द्धितीय, ठाकुर बाबा उद्योग वाणिज्य संघ बर्दिया तृतीय र कपिल वस्तु उद्योग वाणिज्य संघ सानात्वना भएका छन् । प्रतियोगीमा विजेताहरुलाइ नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा १० वटा टिम सहभागि भएका थिए । प्रतियोगीताका निर्णायकहरुमा प्रेम शर्मा, मञ्जु आचार्य, भरतमणि पौडेल, कमला लम्साल भारती, सन्दीप न्यौपाने रहेका थिए । प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरि उनीहरु रमाउने गरेका छन् । विहान देखि साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता बढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको १३ औ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । मंगलवार प्रिती आले, कृष्ण काफले मिस्टर आर जे, सगुन थापा, सर्मिला अर्याल तथा अन्य कलाकारहरुले प्रस्तुती राखेका थिए । वुधवार इन्दिरा जोसी, प्रकास दुतराज, चन्द्रा अर्याल, नारायणी के सी लगाएतले प्रस्तुती राख्ने मुख्य आयोजक समितीले जनाएको छ । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ ।
आज प्रदर्शनीको समापन गरिदै
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा आज वुधवार समापन गरिन थालेको छ । एक कार्यक्रमको आयोजना गरि समापन गरिने भएको छ । समापन कार्यक्रम विहान ११ वजे हुने मुख्य आयोजक समितीले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।