श्रवण कुमार यादव
राजपुर, ७ चैत । दाङको राजपुर गाउँपालिकामा लोकसेवाका लागि एक महिने तयारी कक्षा सन्चाल्न कार्यक्रम आज सोमबारदेखि सुरु भएको छ।
राजपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय गंगदी देउखुरी, दाङ लुम्बिनी प्रदेश, नेपालको आयोजनामा उक्त कार्यक्रम सन्चालनमा आएको हो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर गाउँपालिका वडा नं पाँचका वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले लोकसेवा तयारी कक्षा संचालन हुनलागेको यो पहिलो पटक भएको भन्दै पढ्नेहरूका लागि यो ठुलो अवसर भएको बताउनुभयो।
लोकसेवा तयारी कक्षामा गाउँपालिकाका सात वटै वडाबाट महिला र पुरुष गरि ३१ जना यूवा बिद्यार्थी भाइबहिनीहरुले सहभागिता जनाएका छन। उक्त कार्यक्रम +२ सकाएका बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरेको बताउनुभएको हो।
यस्तै गरि उक्त कार्यक्रमको अध्यक्षता समेत ग्रहण गर्नु भएको केसीले यो दाङको सबै भन्दा विकट गाउँपालिका रहेको बताउनुभयो। उहाँले बेरोजगारी, गरिबी र विकटताको कारणले पछि परेको हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
पालिकाले राखेको उद्देश्य पूरा गर्न आयोजक, प्रशिक्षक र प्रशिक्षार्थीले सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको हो। यस्ता तालीमबाट पर्याप्त ज्ञान लिन सके कार्यक्रमको उद्देश्य पूरा हुने पनि उनले उल्लेख गर्नुभएको हो। तयारी कक्षा उद्घाटन कार्यक्रम निःशुल्क दिइएको तयारी कक्षा भनेर कम महत्वको नठान्न समेत अनुरोध गर्नुभयो।
उक्त कार्यक्रममा राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मी, योजना शाखाका प्रमुख सनम धिताल, एमआइएस अपरेटर्स अनिल यादव, भुमी शाखाका लगत प्रविष्टकर्ता ओम नारायण यादव लगाएतको उपस्तिथि रहेको थियो।
उक्त कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी ज्युको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण भने राजपुर गाउँपालिका वडा नं ५ का सचीव साधराम यादवले गर्नु भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।