• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फूलबारी सामुदायिक वनको तेस्रो परिमार्जित कार्य योजना पारित




ओखरपाटा, ४ चैत । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मा रहेको फूलबारी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो परिमार्जित कार्य योजना पारित भएको छ ।                                                समूहका अध्यक्ष जंगबहादुर रेउलेको अध्यक्षतामा आज शुक्रबार जनजागृति प्रावि छापमा बसेको दोस्रो आमभेलाले सो योजना पारित गरेको हो ।

भेलाले वनको दोस्रो परिमार्जित कार्य योजनाको समयावधि सकिएको हुनाले सब- डिभिजन वन कार्यालय होलेरी रोल्पाको प्राविधिक सहयोगमा तयार पारिएको तेस्रो पटक परिमार्जित कार्य योजनालाई अनुमोदन गर्दै २०७८/०७९ को वार्षिक वनको कार्यक्रम अनुसार जीविकोपार्जनका लागि लक्षित १० जना उपभोक्ताहरुलाई १/१ वटा बाख्रा वितरण गर्ने र वन विकासको कार्यक्रम अनुसार जनजागृति प्राविका जरिब तथा जेहेन्दार छात्रा/ छात्रलाई शैक्षिक सामग्री वितरण गर्ने निर्णय समेत गरेको छ ।

सामुदायिक वनले बिगतदेखि नै वनको संरक्षण, विकास तथा व्यवस्थापन गर्दै आफ्ना उपभोक्ताहरुको अनुकूलताका कार्यक्रमहरु गर्दै आइरहेको समूहका कोषाध्यक्ष कमल बोहराले जानकारी दिए ।

भेलामा ग्रीन फाउन्डेसन नेपाल रुन्टीगढीका सहजकर्ता केशरबहादुर रावत तथा वनका उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments