नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू उपप्रधानमन्त्री भएको बेलामा बृद्धभत्ता दिन शुरु गरिएको बताउनुभएको छ ।
गोरखाको लाप्राक पुगेका नेपालले सो कुरा बताउनुभएको हो ।
‘नेपालमा बुढापाकालाई भत्ताको सुरूवात कसले गर्यो भनेर सोध्ने हो भने त्यो बेलाको पार्टी, जसको नेता माधव नेपाल थिए, त्यही पार्टीले गर्यो भन्छन्’– उहाँले भन्नुभयो ।
‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री। पार्टीका तर्फबाट मूल नेताम थिएँ । यो भत्ताको सुरू गर्ने मान्छे। मान्छे नै म यहाँ आएको छु’– उहाँले भन्नुभयो । उनले ०५१ मा मासिक एक सय रूपैयाँ दिने गरी वृद्धभत्ता सुरू गरिएको बताए।
उउहाँले ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको पनि बताउनुभयो । ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिइएको स्मरण पनि उहाँले गर्नुभयो ।
उहाँले नेता र सरकारलाई खबरदारी गर्न जनताहरूलाई आग्रह गर्नुभयो । ‘मानिस जाँडको मातले मातिएजस्तै पदको मातले पनि मातिँदो रहेछ’– उहाँले भन्नुभयो– ‘सरकार र नेतालाई खबरदारी गरिराख्नुस्।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।