अंकित आचार्य
दाङको तुलसीपुर २ बालापुरस्थित जनप्रिय माविको कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले मानव सेवा मानव आश्रम तुलसीपुरमा सहयोग गरेका छन् । सो क्रममा उनीहरुले मानव आश्रमको अवलोकन पनि गरेका थिए ।
विद्यार्थीहरुले खाजा खर्च बचाएर उठाएको थोरै रकमले किनेका केही भान्छाका लागि चाहिने सामग्रीहरु वितरण गरेका थिए ।
सेवा नै धर्म हो भन्ने भावना संगालेर आफूहरुले सहयोग गरेको विद्यार्थी साजन गिरीले बताउनुभयो । बालबालिकाले ज्येष्ठ नागरिकको अवस्थाप्रति चिन्ता गरेर सहयोग गर्नु राम्रो भएको आश्रम सन्चालक उर्विण सापकोटाले बताउनुभयो ।
शिक्षक बासुदेव आचार्यले विद्यार्थीलाई नयाँ कुराको अनुभूति गराउन र समाज सेवाको भावनाका साथसाथै विद्यार्थीमा सकरात्मक सोचको विकास गराउनको लागि आश्रम अवलोकन गराएको जानकारी दिनुभयो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।