• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीका बाह्र जिल्लामा यी बने माओवादी केन्द्रका इञ्चार्ज र संयोजक




नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकबाट १२ वटै जिल्लामा इञ्चार्ज र संयोजक तोकिएका छन् ।

बैठकले केहीबाहेक अधिकांश जिल्लाका जिल्ला इञ्चार्ज र संयोजक पनि चयन गरेको छ । जसअनुसार दाङमा यसअघिकै जिल्ला इञ्चार्ज जीवन गौतम र संयोजकमा तुलसीराम पुन ‘सुवास’ले निरन्तरता पाउनुभएको छ । दाङका सबै केन्द्रीय सदस्यले जिल्ला सहइञ्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यस्तै रोल्पामा पनि यसअघिकै जिल्ला इञ्चार्ज दीपेन्द्र पुन र संयोजकमा सुरेन्द्र घर्तीले निरन्तरता पाउनुभएको छ । रुकुमपूर्वमा पनि पुरानै इञ्चार्ज तेजबहादुर ओली र सयोजक होमप्रसाद श्रेष्ठले निरन्तरता पाउनुभएको छ ।

बर्दियामा इञ्चार्ज सन्तकुमार चौधरी र संयोजक भवनकुमार थारु, बाँकेमा इञ्चार्ज पूर्णा सुवेदी, प्युठानमा इञ्चार्ज नारायण अधिकारी र संयोजक पितबहादुर एमसी, कपिलवस्तुमा इञ्चार्ज कमल चुदाली र संयोजक रामचन्द्र साह, रुपन्देहीमा संयोजक नारायण जिसी, पाल्पामा इञ्चार्ज बसन्त घर्ती र संयोजक नेत्र पाण्डे, गुल्मीमा संयोजक बुद्धि जिसी, अर्घाखाँचीमा इञ्चार्ज सुशीला श्रीपाली र संयोजक राजेन्द्र भुसाल तथा नवलपरासीमा इन्चार्ज घनश्याम यादव, सहइञ्चार्ज सिता बौडेल र संयोजक भवीश्वर तिवारी तोकिनुभएको छ ।

Facebook Comments