• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीको चिनारी, म्युजिक भिडियो निर्माण




होलेरी, २ चैत । रोल्पाको रुन्टीगढी गाउँपालिकाले आफ्नो चिनारीका लागि म्युजिक भिडियो निर्माण कार्य सम्पन्न गरेको छ । पालिकाले ५ लाखको लगानीमा ‘कुहिरोको घुम्टो ओढी बस्छिन् रुन्टीगढी’ भन्ने गीतमार्फत रुन्टीगढीलाई चिनाउनका लागि सो भिडियो निर्माण कार्य सम्पन्न गरेको हो ।No description available.

पर्यटन, पर्वद्धन गर्नका लागि धार्मिक, प्राकृतिक एवं ऐतिहासिक महत्व राख्ने रुन्टीगढी गाउँपालिका भित्रका सम्पदाहरुलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र बिन्दु बनाउँनका लागि म्युजिक भिडियो निर्माण गरिएको रुन्टीगढी गाउँपालिका पर्यटनको फोकल पर्सन धु्रव प्रकाश मल्लले बताए । उनले सबैलाई मन पर्ने गीत संगीतको माध्यमबाट प्रचारप्रसार गर्ने मनसायले पर्यटन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटबाट कार्यपालिकाको २०७७/१२/३० निर्णय नं. ५ बमोजिम पालिकाका पर्यटन फोकल पर्सन धु्रव प्रकाश मल्लले लेखेको ‘कुहिरोको घुम्टो ओढी बस्छिन् रुन्टीगढी’ भन्ने बोलको गीतलाई २०७७/१२/३० कै गाउँ कार्यपालिकाको बैठकले सर्बसमत पास गरिसकेपछि सेवा खरिद प्रक्रिया अनुसार सेवा खरिद गरी सोही गीतको रेकर्ड कार्य सम्पन्न भएको प्रष्ट पारे ।No description available.

रेकर्ड भएको गीतलाई पालिकाको नवौं गाउँसभाबाट एक औपचारिक कार्यक्रम गरी बिमोचन गरिएको र सो गीतले पर्यटन, पर्वद्धनका लागि उल्लेखनिय योगदान पु¥याउन सक्ने अवस्था देखिएपछि पालिकाको चालु आव ०७८/०७९ को पर्यटन विकास तर्फ बिनियोजित भएको बजेटबाटै ५ लाख नबढ्नेगरी उक्त गीतको खरिद प्रक्रियाबाट दृश्यचित्र निर्माण कार्य अगाडि बढाइएको उनले जिकिर गरे ।No description available.

फोकल पर्सन मल्लका अनुसार म्युजिक भिडियो निर्माण गर्दा स्थानीयलाई उपेक्षा गरेको भएतापनि कार्यालयले १ लाख भन्दा बढी रकमको बजेटमा सेवा खरिद गरेरमात्र काम अगाडि बढाउनुपर्ने भएकाले सो खरिद प्रक्रियामा नौतुन मिडिया एण्ड एडभरटाजिङ काठमाण्डौं, सगुन संचार कोहलपुर र कोसिस भिजन प्रालि काठमाण्डौंले सुचिकृत गरेका थिए । सुचिकृत भएका तीन वटै फर्ममध्य सबैभन्दा कम रेडलिस्ट भएको सगुन संचार कोहलपुर छनोटमा परेको हो । जसले करसहित ४ लाख ९९ हजार ४ सय ६० को दररेट पेश गरेको थियो ।No description available.

पालिका र सो कम्पनीको सम्झौता अनुसार भिडियो निर्माणका लागि राष्ट्रिय स्तरमा ख्याती प्राप्त छायाँकनकर्ता तथा अति आवश्यक कलाकारहरु समेत निर्माण कम्पनीले व्यवस्थापन गर्नेगरी भिडियो निर्माण गर्ने र बाँकी स्थानीयस्तरबाट उपलब्ध हुने कलाकारहरुको व्यवस्थापन गाउँपालिकाबाटै गर्ने गरी भिडियो निर्माणको काम अगाडि बढाएको उनको भनाइ छ ।

 

भिडियो निर्माणको छायाँकन गर्न राष्ट्रियस्तरका कलाकार आरुसी मगर, टिकटक स्टार लक्ष्मी थापा तथा स्थानीय स्वयम गीत लेखक धु्रव प्रकाश मल्ल लगायत अन्य कलकारहरु रहेका थिए, भने भिडियोका छायाँकनकर्ता दुर्गा पौडेल सातौ राष्ट्रिय लोकदोहोरीको सर्बोकृष्ट छायाँकनको अवार्डबाट पुरस्कृत भएका छन् ।

शब्द छनोट, गीत लेख्ने तथा रचना गरे बापत कुनै पनि भुक्तानी नगरेको जनाएको छ । भिडियो निर्माणका लागि ३ दिनसम्म गरिएको छायाँकन २०७८/११/२६ गतेदेखि शुरु गरिएको थियो ।

Facebook Comments