होलेरी, १ चैत । रोल्पाको रुन्टीगढी गाउँपालिकामा कोभिड १९ विरुद्ध खोप कार्यक्रमको प्रगति, समीक्षा र आगामी कार्यनीति सम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ । मंगलबार पालिकाको भवनमा एक कार्यक्रमका बीच सो गोष्ठी सम्पन्न भएको हो ।
रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, सामाजिक विकास संयोजक याम बहादुर दशौदी राणा, ७ नं अध्यक्ष जंगबहादुर घर्ती,९ नं अध्यक्ष नेपबहादुर थापा, २ नं अध्यक्ष पुनाराम पुन, ३ नं अध्यक्ष चन्द्र बहादुर घर्ती , जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख,सुआहारा नेपालका श्रृक्षा पोखरेल,प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका प्रमुख विशाल कवँर,रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा लगायत गाउँपालिकाका स्वास्थ्य चौकीका ईन्चार्जहरुको उपस्थिति रहेको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।