रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा बिश्व उपभोक्ता अधिकार दिवस २०७८ पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । “सुरक्षित र समाबेशी बिद्युतिय कारोबार, उपभोक्ताको अधिकार” भन्ने नाराका रहेको बिश्व उपभोक्ता अधिकार दिवस २०७८ मुसिकोट नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)ले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेर मनाएको हो । दिवसको अवसरमा यहि चैत १ गते मंगलबार जिल्ला स्थीत क्रियाशिल पत्रकारहरुसँग जिल्लामा रहेको उपभोग्य बस्तुको मापन, गुणस्तर, बजार भाउ तथा उपभोक्ताको हक, हित र संरक्षणका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा उपभोक्ताको हक, हित र संरक्षण लगायतका बिषयमा तयार पारिएको कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रहरी नायब उपरिक्षक धु्रब कुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, रुकुम उद्योग बाणिज्य संघका संयोजक पहल बहादुर खड्का, नागरिक समाजका अगुवा मिनबहादुर पुन, जिल्ला स्थीत बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि र मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।