• २३ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानका भैंसीलाई सुत्केरी भत्ता




समीर श्री                                           चैत्र,१ सल्यान ।  जिल्लाको बागचौर नगरपालिकाले कृषकलाई भैंसी प्रदान गरेको छ । नगरको ४ नं. वडामा भैंसी प्रदान गरिएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको’ एक स्थानीय तह एक पशु वस्तु उत्पादन’कार्यक्रम अन्तर्गत दूध उत्पादनको लागि भैंसी ब्लक कार्यक्रम अनुसार, बागचौर नगरपालिकाको १० लाख, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको १५ लाख र किसानहरुको साझेदारीमा पहिलो चरणमा १५ वटा मुर्रा जातका विकासी भैंसी कृषकहरुलाई प्रदान गरिएकोको बागचौर नगरपालिका पशु शाखा कार्यालय प्रमुख टेक बहादुर बस्नेतले बताएका छन् ।                                                                      यस्तै नगरले कृषकहरुका बिमा गरिएका भैंसीलाई सुत्केरी भत्ता स्वरुप ३ हजार रुपैयाँ प्रदान गर्ने गरिरहेको छ । यसले कृषकहरुलाई पशुको बिमा गर्न तथा भैंसी पालन गर्न उत्साहित बनाउन सहयोग गर्ने बताईएको छ ।
बितरण कार्यक्रममा नगर प्रमुख लोकमान बुढाथोकी ,पशु शाखा प्रमुख बस्नेत तथा वडाका जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

Facebook Comments