• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीले भने : शिक्षण सिकाइकाे महत्त्वसँगै जीवन बुझ्याैँ




चैत, १ दाङ ।`पढाइ भन्ने बित्तिकै बाध्यता जस्ताे लाग्ने, घरमा बुबाआमाकाे लागि विद्यालयमा शिक्षककाे लागि पढ्न परेकाे जस्ताे लाग्थ्याे । बाध्यताबश पढ्न परेकाे जस्ताे लाग्ने, पढाइप्रति अरूचि बढ्दै जाँदा पढेकाे कुरा पनि बुझ्न कठिनाइ हुने कारण आज थाहा पाएँ ।´ ज्ञानज्याेति एजुकेसनल एकेडेमी घाेराहीमा कक्षा १० मा अध्ययनरत छात्रा प्रीति बिकले भनिन् । लगत्तै उनले थपिन्, ` मैले पढ्नुकाे महत्त्व मात्र बुझेन आज केही हदसम्म बुझाउन सक्ने पनि भएँ जस्ताे महसुस गरेकी छु ।´

अभिमुखीकरण कार्यक्रमकाे हलबाट बाहिरिदै गर्दा आजकाे कार्यक्रमले दिलाएकाे उपलब्धि बाँड्दै गर्दा उनले बताएकी हुन् ।

सधैं कक्षा काेठाभित्र बसेर किताबका अक्षरलाई हेर्दै शिक्षककाे लेक्चरलाई ज्ञानमा बदल्न तल्लीन हुने विद्यार्थी आज फरक शैलीमा देखिएका थिए । उनीहरूकाे काँधमा झाेलाकाे भारी थिएन, अनुहारमा बाेझकाे म्लान थिएन । थियाे त उत्सुकता , जिज्ञासा अनि नवीन सिकाइकाे व्यग्र खुशी ।

`पढाइ मात्र हाेइन मैले वास्तवमै जीवन बुझेकाे महसुस भएकाे छ आज । ´ कक्षा ९ की छात्रा सृष्टि घर्ती मगर कक्षाले थपिन्, ` आफूले गरेका सबै काम सही हाे जस्ताे लाग्थ्यो तर कतिपय मेरा बानी त खराब रहेछन् नि । समयमा आफ्ना गलत बानी बुझ्न पाएँ । आजकाे दिन मेराे जीवनकाे महत्त्वपूर्ण दिन रह्यो ।´

`विद्यालयले साँच्चै आजकाे दिनलाई महत्त्वपूर्ण बनाइदियाे । म बिद्यालयप्रति आभारी छु । वर्षदिन विद्यालयमा सिकेका कुरा अनि सिकाइकाे महत्त्व आज आएर बुझ्न पाएँ ।´ कक्षा १० का छात्र पुजन पुनले बताए ।

`सिकाइलाई कसरी सहज गराउन सकिन्छ भन्ने विद्यालयकाे साेच हाे । अबकाे सिकाइ क्रियाकलापमा आधारित हुनुपर्छ । अबकाे आवश्यकता क्रियाकलापमा आधारित सिकाइ हाे ।जसका लागि परम्परागत रूपमा रहेकाे सिकाइ मनाेविज्ञान बदल्न जरूरी छ । विद्यार्थीलाई अभिमुखीकरण दिलाउँदै जाने अभियानमा छाैँ हामी ।´ प्रिन्सिपल बीरेन्द्र चन्दले बताए ।

दाङकाे घाेराहीमा अवस्थित पतञ्जली याेग शिविरकाे हल । खचाखच विद्यार्थीले भरिएकाे थियाे । विद्यार्थी अभिमुखीकरण कार्यक्रममा अभिमुखीकरण गराउँदै थिए माेटिभेटर प्रितम पाैड्यालले । ज्ञानज्याेति एजुकेसनल एकेडेमी घाेराही दाङले आयाेजना गरेकाे विद्यार्थी अभिमुखीकरण कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी रहेका थिए।

`शिक्षण सिकाइकाे शैली बदल्न जरूरी छ । परम्परागत शैलीले सिकाइ प्रभावकारी बनाउन निकै सकस छ । विद्यालयले विद्यार्थीसँगै शिक्षक र अभिभावकलाई पनि अभिमुखीकरण गराउन जरूरी छ । ´ माेटिभेटर पाैडेलले बताए।

कार्यक्रममा माेटिभेटर पाैड्यालले विद्यार्थीलाई प्रेेरणाा प्रदान गर्ने तथा विद्यार्थीलाई पढाइप्रतप प्रेरित गर्ने, सिकेका कुरालाई स्मरण गर्ने, अनुशासनमा रहने,जीवनकाे मूल्य बाेध गराउने एवम् पढ्ने तरिकालगायतका विषयमा अभिमुखीकरण गराएका थिए ।

Facebook Comments