गोविन्द खड्का
घोराही, ३० फागुन । जर्किन र वोतलमा दुध बेचेको भेटिए चैत एक गतेदेख जरिवाना गर्ने डेरी व्यवसायी संघ दाङले जनाएको छ । संघका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेको नेतृत्वको टोलिले बजारमा दुध भित्रिने ठाउँमा पुगेर किसान र विक्रेतालाई सचेत बनाएको सचिव शक्ति पौडेलले जानकारी दिनुभयो । प्लाष्टिकका जर्किनको दुधले जनश्वास्थ्यमा हानि पुयाउने सचिव पौडेलको भनाई छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।