• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिगमनको खतरा रोक्न सरकारलाई दिएको समर्थन यथावत: सिंह




  1. नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालमा फेरि प्रतिगमनको खतरा बढेको बताउनुभएको छ ।

प्रगतिशील पत्रकार संघ नेपाल दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले राजावादीहरु गणतन्त्रलाई निस्तेज पार्दै राजतन्त्रलाई मलजल गर्ने दाउमा लागेकाले देश खतरामा पर्न लागेको बताउनुभयो ।

उहाँले प्रतिगमनकारीहरु संसदीय चुनावमा नआउने, तर बाहिरबाट टाउको उठाउने काम गरिरहेको हुँदा जनताले बेलैमा चनाखो भई यिनीहरुको भण्डाफोर गर्नु पर्ने तर्क गर्नुभयो । हिजोको राजावादी शक्तिहरुको विरुद्ध देशमा लामो समय आन्दोलन भएको स्मरण गराउँदै अहिले संसदीय व्यवस्थामा रहेर राजनीति गर्नेहरुबाटै बढी खतरा बढेको तर्क गर्नुभयो ।

यस्तै, उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन विरुद्ध लड्न पाँच दलीय गठबन्धन बनेको बताउँदै पछिल्लो समय संसदबाट एमसीसी पास भएपछि आफुहरु गठबन्धनबाट अलग भएको बताउनुुभयो । तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएको उहाँको भनाई छ ।

पत्रकार सम्मेलनमा जनमोर्चाका प्रथम उपाध्यक्ष जनकराज शर्मा, जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, जनमोर्चा दाङ अध्यक्ष गणेश आचार्यलगायत उपस्थित हुुनुुभएको थियो । प्रगतिशील पत्रकार संघका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृष्ण आचार्यले गर्नुभएको थियो ।।

Facebook Comments