• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर शान्तिनगरको अध्यक्षमा डाँगी




प्रेस सेन्टर नेपाल, शान्तिनगर शाखाको अध्यक्षमा विकास डाँगीलाई चयन गरिएको छ । आईतबार भएको भेलाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । दाङका १० वटै पालिकामा संगठन विस्तार गर्ने योजना अनुसार आईतबार शान्तिनगरमा भेला आयोजना गरि कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा काशिराम शर्मा, सचिबमा अंकित ज्ञवाली, सहसचिबमा दिपेन्द्र केसी, कोषाध्यक्षमा जानकी विकलाई चयन गरिएको छ ।                                                  त्यस्तै सदस्यहरुमा मञ्जु जीसी, भूमिका केसी,टेकुलाल चौधरी, हरि खड्का,शुसिला चौधरीलाई चयन गरिएको छ ।

संगठनका शान्तिनगर संयोजक विकास डाँगीको अध्यक्षता तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य राधिका परियारको प्रमुख आतिथ्यमा भेला भएको हो । त्यस अवसरमा प्रमुख अतिथि परियारले मिडियाले सत्य,तथ्य समाचार सम्प्रेशनमा ध्यान दिनुपर्ने बताईन् । उनले प्रेस सेन्टरले सञ्चार क्षेत्रको विकासकालागि खेलेको भूमिकाको प्रशंसा समेत गरिन् ।                                                         कार्यक्रममा पार्टीका शान्निगर गाउँ कमिटि अध्यक्ष नेपबहादुर रोकाले गाउँ–गाउँमा संगठन विस्तार गरेर पत्रकार उत्पादन गर्ने कार्य सर्हनिय भएको समेत बताए । अब सञ्चार गाउँ–गाउँमा पुग्नु पर्ने बताए ।                       त्यस्तै प्रेस संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माले जहाँ सञ्चार पुग्छ, त्यहाँको समाज सभ्य, समृद्ध र विकसित हुने बताए । त्यस्तै संगठनका जिल्ला सहसचिब दीपक बोहराले संघीयताको मर्म भनेको गाउँ–गाउँका जनताको पहुँच हुने कुरा रहेको सञ्चारमा गाउँका जनताको पहुँच पु¥याउन संगठन विस्तार अभियान थालेको बताए । पत्रकार पनि अब गाउँ केन्द्रित हुनुपर्ने भन्दै त्यसकै लागि पालिका स्तरमा संगठन विस्तार गर्न लागिएको बताएका थिए ।                                  कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का अध्यक्ष गिरीराज बस्नेत, वडा नं. ७ का अध्यक्ष पिमलाल वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।             कार्यक्रमको सहजीकरण जिल्ला सदस्य सुमन केसीले गरेका थिए ।

Facebook Comments