दाङ, २९ फागुन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को चौथो दिनपनि दर्शकको आकर्षण वढदै गएको छ ।
आइतवार पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा दैनिक भिड बढदै गएको छ । विहान देखि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो ।
प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ ।
प्रदर्शनीमा युवायुवतीहरुको सहभागिता बढी रहेको थियो । आइतवार कलाकारहरु कुलेन्द्र विश्वकर्मा, राधीका हमाल, सम्प्रिया खड्का, विजय परियार तथा स्थानियकलाकारहरुको आ आफनो प्रस्तुती राखेका थिए ।
सोमवार कलाकारहरु पशुपती शर्मा, रचना रिमाल, शनी विश्वकर्मा, सुशिला गौतम, रुवीना अधिकारी, दिनेश थापाको तथा स्थानिय कलाकारहरुको सहभागिता रहने प्रदर्शनी मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीमा हेलीकप्टर बाट स्वर्गद्धारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरुको सङख्या उल्लेखीए देखिएको छ । प्रदर्शनीको अवसरका लुम्बिनी तथा कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोलन गर्ने पाइने भएको छ ।
प्रदर्शनीमा बालवालिकाहरु वाल उद्यान्नमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।
प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड वढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीका दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।