• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाली विद्यार्थी मञ्च दाङको सम्मेलन सम्पन्न,अध्यक्षमा दीपक




घोराही, २९ फागुन । दाङमा अध्ययनरत रोल्पाली विद्यार्थीहरुको साझा संस्था (मंच) “रोल्पाली विद्यार्थी मञ्च दाङ” को प्रथम सम्मेलन सम्पन्न भएको छ । “समृद्ध रोल्पा निर्माणमा एकजुट भइ जुटौं, सभ्य ,शिक्षित समाज निर्माण गर्न रोल्पाली विद्यार्थीहरु उठौँ ” भन्ने मुल नारासहित भब्य एवम् ऐतिहासिक रुपमा शनिबार घोराहीमा सो सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभामुख एवम् प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराले शुभकामना दिदै रोल्पाली विद्यार्थी हरु सबै एकजुट भएर लागेको देख्दा खुसी लागेको आफू विद्यार्थी हुदाको स्मरण भएको बताए । साथै बिगतमा रोल्पाबाट दाङमा अध्ययन गर्न आउदा विद्यार्थी हरुले धेरै सास्ती खेप्ने गरेको भन्दै अब त्यस्तो समस्या आउन नदिन अबका विद्यार्थीले भुमिका खेल्नु पर्ने बताए। साथै आफु बालकल्यान माबि लिवाङ रोल्पाको गणित र विज्ञान विषयको शिक्षक भएको आफुले पढाएका विद्यार्थीहरु धेरै नेता,डाक्टर ,इन्जिनियर ,शिक्षक लगायत विभिन्न क्षेत्रमा रहेको उनले प्रष्ट पारे ।
अहिलेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव ,हालका उपराष्ट्रपति पासाङ, माओवादी केन्द्रका नेता वर्षमान,ओनसरी,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के सी सोनाम लगायतका नेता लाई पढाएको र पढाइ संग संगै राजनीति पनि सिकायको भन्दै अहिलेका विद्यार्थीहरु चौतर्फी हुनुपर्नेमा जोड दिदै उनले अनुसासित भएर अध्ययन पूरा गरेर राष्ट्र निर्माणमा लाग्न र रोल्पाली विद्यार्थी मञ्च साझा मञ्च भएकाले यसको निति ,विधान अनुसार साझ भएर विद्यार्थीको सेवा गर्न आग्रह समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथि रोल्पाली सेवा समाज दाङका सल्लाहकार एवम् समाजसेवी दिपेन्द्र घर्तीले आफुहरु दाङमा अध्ययन गर्न आउदा पहिले धेरै दुख पाएकोले अब त्यस्ता समस्या आउन नदिन मञ्चले भुमिका खेल्नु पर्ने बताए । उनले विद्यार्थीहरुले अनुसासित भएर आफ्नो कर्तव्य पालन गर्न र आफुहरुले विगतदेखि नै रोल्पाली विद्यार्थी मन्चलाई सहयोग गर्दै आएको र अब पनि निरन्तर सहयोग गर्ने प्रतिवद्दता जनाए ।

त्यसैगरी घोराही वडा नं १४ वडा अध्यक्ष शक्तिराम डागीले शुभकामना दिदै विद्यार्थीको हितमा विद्यार्थी मञ्चले काम गर्नु पर्ने बताए। उनले समाज निर्माणको मुल खम्बा विद्यार्थी भएकाले अध्ययन पूरा गरेर समाज रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए । सथै आफुले लामो समय देखि मञ्चको सल्लाहकारको भुमिका निर्वाह गर्दै आएको र अब पनि सक्दो सहयोग गर्ने पनि उनको भनाइ छ ।

त्यस्तै पदम केसी (खत्री) ले सुभकामना दिदै महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाए ।

रोल्पाली विद्यार्थी मञ्चका पूर्व संयोजक एवम् हाल अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथ त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल केसीले शुभकामना दिदै रोल्पालि विद्यार्थी मंचको इतिहास ,यसको उदेश्य,लक्ष्य ,संस्था स्थापना गर्दा अग्रजहरुले गरेको योगदानका बारेमा चर्चा गरेका थिए । उनले रोल्पाली विद्यार्थी मञ्चको इतिहास गर्बिलो गौरवमय भएकाले अबका नेतृत्वले पनि त्यसको साख बचाइराख्नु पर्ने बताए ।
साथै उनले बिगतमा बैठक र भेला मार्फत नेतृत्व चयन गर्ने गरेकोमा अहिले सम्मेलन गर्न सफल भएकोमा धन्यवाद दिए।

यस्तै कार्यक्रमका अतिथि विज्ञान बिषयका प्राध्यापक महावीर घर्तीले शुभकामना दिदै विद्यार्थीको उर्जा तागत देखेर खुसी बएको बताए। उनलेविद्यार्थीहरु अध्ययनसंगै चौतर्फी ज्ञान हासिल गर्नुपर्ना जोड दिए । मंचको लक्ष्य, उदेश्य प्राप्तिमा एक भएर लाग्न अनुरोध गर्दै उनले आफुले सक्दो सहयोग गर्ने बताए ।
मंचको अध्यक्षमा दिपक
दाङमा अध्ययनरत रोल्पाली विद्यार्थी हरुको साझा संस्था (मंच) “रोल्पाली विद्यार्थी मञ्च दाङ” को सम्पन्न प्रथम सम्मेलनले दिपक के सीको अध्यक्षतामा ७२ सदस्यीय समिति निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा रुपकला विश्वकर्मा ,सचीवमा खुम रिजाल ,सहसचिवमा हिमाल वली,कोषाध्यक्षमा दिपक वली निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रोल्पा नगर पालिकाबाट नवीन डागी, लाल कुमारी डागी, तोपेन्द्र के सी, हिमाल डाँगी ,दिपक घर्ती
,दिलिशा पुन, बिमा बिक, गंगा कवर, श्याम के सी, अशोक वली, जमुना कवर र दिपा केसी परिवर्तन गापाबाट नबिन केसी, भिम रिजाल, बिकाश खड्का ,गनेश के सी, धन कुमार वल, युबराज खत्री,मदन के सी, लोक ब. वली, इमेश थापा, त्रिन्का बुढा मगर, सुशील पौडेल र वर्षा बुढा थबाङ गाउँ पालिकाबाट विशाल बुढा मगर, युङ्का झाक्री मगर,सुकमाया रोका मगर, मन कुमार रोका मगर र बेदना घर्ती मगर त्रिबेनी गाउँ पालिकाबाट बासना घर्ती , धनमाया झाक्री मगर, इन्दिरा के सी, मिलन बुढा, शालिकराम वली र भागीराम डागी
सुनिल स्मृति गाउँ पालिकाबाट अस्मिता सुनार, इन्दिरा सेती महर, रानी सोनी, शशांक सुवेदी , सोनिया बिक र बर्षा परियार रुन्टी गढी गाउँपालिकाबाट सिर्जना बोहरा, सन्देश पुन मगर, राम बिटालु, कमला पुन, बर्षा बुढा र सुरक्षा बुढा
माडी गाउँपालिकबाट दलसिंह घर्ती, अनमिका घर्ती,दिपा डागी, सुमन घर्ती, लोकेश बुढा र आयुश बिश्वकर्मा लुङ्ग्री गाउँपालिकाबाट ललिता पुन , प्रकाश घर्ती, कबिता पुन, बिन्दु घर्ती र लभिम घर्ति मगर सुन्छरी गाउँपालिका प्रशान्त बुढा, देउचन वली र बिकाश के सी गंगादेव गाउँपालिका
दिपक वली,दिपक केसी, भरत राना, शिव वली, भुपेन्द्र राणा र लक्ष्मण वली निर्बाचित भएका हुन् ।

मञ्चका संयोजक दिपक केसीको अध्यक्षता तथा निवर्तमान सभामुख एवम् प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रोल्पाली सेवा समाजका सल्लाहकार एवम् समाजसेवी दिपेन्द्र घर्ती, रोल्पा बाट दाङ मा आउनु भएका घोराही उपमहानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डागी , समाजसेवी एवम् रोल्पाली सेवा समाज दाङ का सल्लाहकार पदम खत्री, रोल्पाली विद्यार्थी मञ्च दाङ का पूर्व संयोजक तथा हाल अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल के सी को बिशिस्ट आतिथ्यता,रोल्पाली समाजसेवी लाल बहादुर घर्ती, समाजसेवी एवम् रोल्पाली सेवा समाजका सल्लाहकार केवल प्रसाद खत्री ,प्राध्यापक महावीर घर्ती ,अविरल वली, लोक बहादुर खत्री,प्युठानि विद्यार्थी मञ्च दाङ का अध्यक्ष दामोदर घर्ती लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन खुम रिजालले गरेका थिए । रोल्पा जिल्लाका दशवटै स्थानीय तहबाट दाङमा अध्ययन गर्न आएका विद्यार्थी हरु बाट ३२० जना प्रतिनिधि हरुको सहभागिता रहेको थियो।

बिगतमा भेला र बैठक मार्फत नेतृत्व चयन गर्दै आएकोमा अहिले पहिलो पटक सम्मेलन गरेको हो । यो रोल्पाली विद्यार्थी हरुको साझा संस्थाको रुपमा रहेको छ।

Facebook Comments