घोराही, २८ फागुन । दाङको घोराहीमा नेकपानिकट युवा संगठन नेपालसहितका युवा संगठनहरुले एमसीसीविरुद्ध बिरोध प्रदर्शन गरेका छन् । संसदमा फागुन १५ गते एमसीसी सझौता अनुमोदन गरिएको बिरोधमा नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त आयोजनामा पूर्व घोषित कार्यक्रम अनुरुप पार्टीनिकट संयुक्त युवा संगठनले घोराहीमा आज शनिबार बिरोध प्रदर्शन गरेका हुन् ।
कोणसभाका प्रमुख वक्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले यो फागुन १५ गते कालो दिनको रुपमा दर्ज भएको बताए । उनले नेपाली जनताले जुन आशा र भरोसाका साथ आफ्ना जनप्रतिनिधिहरुलाई संसदमा पुर्याएका थिए, उनीहरूले जस्तो राष्ट्रघाती एमसीसी पास गरेर नेपाली जनतामाथि कुठाराघात गरेको प्रष्ट पारे ।
` हामीले एमसीसीविरुद्ध मात्र विरोध गर्नको लागि बिरोध गरेका छैनौं, उनले भने ` अमेरिकाको साम्राज्यवादले चालेका सबै कदमका विरुद्ध बिरोध प्रदर्शन गर्नुपर्छ भन्ने मनसायका साथ यो विरोध प्रदर्शन गरेका हौं ।´
एमसीसी सम्झौता आफुहरुले राम्रोसँग अध्ययन गरेको र उक्त सम्झौतामा लिखिएका बुँदाहरुले नेपालको कानुन र नेपाली जनतालाई सदाको लागि दास बनाउने उनले भनाइ छ ।
यो सम्झौता राष्ट्र र नेपाली जनताको पक्षमा छैन् र यसको विरुद्धमा सशक्त बिरोध गर्नुपर्छ । सो सम्झौतालाई सदाको लागि नेपालबाट खारेज गर्न सम्पूर्ण आम युवा तथा जनसमुदाय हरु आफ्नो अन्तिम संघर्षमा उत्रन अध्यक्ष पाटनले अपिल गरे ।
नेपालमा कालापानी, टनकपुर,कोशी गण्डक लगायत विभिन्न राष्ट्रघाती सम्झौताहरु भएका उनले उद्घोष समेत गरेक थिए ।
नेकपा ( क्रान्तिकारी माओवादी) निकट युवालिग नेपाल क्रान्तिकारी दाङका फ्याक्सन इन्चार्ज मनबहादुर वलीले एमसीसीको विरुद्धमा २०७२ सालदेखी निरन्तर संघर्षरत रहेको बताए । उनले हिन्दप्रसान्त रणनीति अन्तर्गतको यो एमसीसी परियोजना सैन्य रणनीति भएको र नेपालमा विकासको नाममा नेपाललाई गुलाम बन्द नदिने समेत प्रष्ट पारे । जनताको लागि घातक एमसीसी आफुहरुलाई सह्य नभएको र यो परियोजना फिर्ता नहुँदासम्म निरन्तर विरोका संघर्ष गर्ने पनि उनको भनाइ छ ।
नेकपा निकट युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले
एमसीसी सम्झौताबिरोधमा निरन्तर सडकमा संघर्ष गरिएको बताए । उनले यो राष्ट्रघाती परियोजनाविरुद्ध आवश्यक परे सच्चा र क्रान्तिकारी युवाहरुले सडकमा बन्दुक उठान समेत पछि नपर्ने उनले प्रष्ट पारे ।
नेकपा मसाल निकट अखिल नेपाल युवाक संघ चित्रबहादुर एमसीले यो देशमा राजा रजौटाहरुले मात्र शासन गरिरहेको बताए । उनले वार्षिक १३ युवाहरु विदेश गएको र यो देशमा बालबालिका तथा वृद्दवृद्दाहरु बस्ने गरेको स्पष्ट पारे ।
यो देशका दलालहरु आर्थिक प्रलोभनमा पर्दा अमेरिकी साम्राज्यवादले नेपालको राष्ट्रिय स्वाधीनतामाथि खेलवाड गर्ने खोजेको र यो देश राष्ट्र र राष्ट्रियताका लागि ज्यान दिन पनि तयार रहेको उनको भनाइ छ ।
कोणसभाको सहजीकरण नेकपा निकट युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गरेका थिए ।
घोराहीको ट्राफिक चोकबाट निकालिएको एमसीसी विरुद्धको बिरोध प्रदर्शन बजारका विभिन्न ठाउँमा परिक्रमा गरि तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।