• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रपति रनिङ शील्डका बिजेता खेलाडीलाई ज्ञानसिन्धुमा सम्मान




ज्ञानसिन्धु मा.वि घोराही दाङले एक कार्यक्रमको आयोजना गरी विभिन्न विधामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा अभिनन्दन गरेको छ ।
विद्यालयले २०७८ पौष २४ गतेदेखि ३० गतेसम्म सञ्चालित विद्यालयद्वारा आयोजित खेल सप्ताहमा कक्षा नर्सरीदेखि १२ सम्मका विजेता विद्यार्थीलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरेको हो ।

यसैगरी शैक्षिक सत्र २०७७ मा कक्षा नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट अङ्कसहित कक्षा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा अनुशासित विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

यसैगरी विद्यालयले कक्षा ११ को प्रथम त्रैमासिक परीक्षामा व्यवस्थापन, शिक्षा, कानुन सबै सङ्कायबाट प्रतिस्पर्धा गर्दै प्रथम स्थान हासिल गर्ने व्यवस्थापन सङ्कायकी छात्रा ललिता परियार, द्वितीय स्थान हासिल गर्ने व्यवस्थापन सङ्कायकी छात्रा सर्मिला बि.क. र तृतीय स्थान हासिल गर्ने शिक्षा सङ्कायका छात्र राजेश बि.क. त्यसैगरी कक्षा १२ बाट प्रथम स्थान हासिल गर्ने व्यवस्थापन सङ्कायका छात्र बलबहादुर बाँठा मगर, द्वितीय स्थान हासिल गर्ने शिक्षा सङ्कायकी छात्रा मनिषा खड्का, तृतीय स्थान हासिल गर्ने व्यवस्थापन सङ्कायकी छात्रा सर्मिला बुढाथोकीलाई सम्मान गरेको थियो ।

यसैगरी विद्यालयले यही पौष १८ गतेदेखि २१ गतेसम्म सञ्चालित १४ औँ राष्ट्रपति रनिङशिल्डमा छात्र, छात्रा भलिबल दुवैतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीहरु, छात्रा कबडीतर्फ तृतीय स्थान हासिल गर्ने खेलाडी तथा ८०० मिटर दौडमा प्रथम, ३२०० मिटर दौडमा द्वितीय स्थान हासिल गर्ने खेलाडीहरुलाई सम्मान पत्र तथा मायाको चिनोले सम्मान गरेको थियो ।

उत्कृष्ट खेलाडी बाँठालाई अभिनन्दन

छात्र भलिबलको नेतृत्व गर्दै राष्ट्रपति रनिङशिल्डमा लगातार तिन वर्षसम्म विद्यालयलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी दिनेशकुमार बाँठा मगरप्रति आभार प्रकट गर्दै सम्मान पत्र, मायाको चिनो र नगद रु. १५०७५ ले सम्मान गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक हुकुम बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष दीपक शर्मा ‘समिर’ ले ज्ञानसिन्धु विद्यालय व्यवहार, गुणस्तर र सिर्जनशीलतामा अग्रस्थानमा रहेकाले निसन्देह आफ्ना बालबालिकालाई भर्ना गरेर ढुक्क हुन आम समुदायलाई आग्रह गर्नुभयो ।

अध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक हुकुम बुढाथोकीले आफ्नो विद्यालयले दुईपटक अन्तराष्ट्रिय विद्यालय पुरस्कार जित्न सफल भएको प्रसङ्ग कोट्याउँदै आफूहरु हल्ला र अस्वस्थ्य व्यापारिक प्रतिस्पर्धाको पछि नलागी सधैँ गुणस्तर र विद्यार्थीको भविष्य कोर्न लागिरहेकाले हरेक अभिभावकले अब सत्यलाई पछ्याउनु पर्ने विचार राख्नु भएको थियो ।

त्यसैगरी प्लस टु कोर्डिनेटर तिलक अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आफ्नो विद्यालय शिक्षा, साहित्य र खेल जगत्को त्रिवेणी भएकाले आफूहरुले बहुआयामिक व्यक्तित्व निर्माणमा कम्मर कसेर लागेको उल्लेख गर्दै आफूहरुले विद्यार्थीलाई समुदायका छोराछोरी नभई आफ्नै सन्तान सम्झेर उनीहरुको मनोविज्ञान अनुसार शिक्षण गर्दै आएकाले विद्यालयप्रति शङ्का नगर्न समुदायलाई आग्रह गर्नुभयो ।

यसैगरी मा.वि. कोर्डिननेटर हेमराज पौडेलले जुझारु युवाटिमको सक्रियतामा ज्ञानसिन्धुले मुहार फेरिसकेको बताउँदै दबाबपूर्ण सिकाइले विद्यार्थीको सिर्जना नष्ट हुने भएकाले आफूहरु सधैँ वातानुकुलित र व्यवहारपूर्ण सिकाइको पक्षमा रहेको बताउनुभयो । कक्षा ११ र १२ का विद्यार्थीको लागि बिहान ८ बजेदेखि १२ बजेसम्म कार्यक्रम सञ्चालन गरिएको थियो ।

जसको सञ्चालन शिक्षक देवराज भण्डारीले गर्नु भएको थियो भने नर्सरीदेखि कक्षा १० सम्मको लागि दोस्रो चरण १२ बजेदेखि साँझ पाँचबजेसम्म कार्यक्रम सञ्चालन भएको थियो । यसको सञ्चालन शिक्षक द्वय देवराज भण्डारी र जितबहादुर भण्डारीले गर्नुभएको थियो । दुईवर्षसम्म कोरोना कहरका कारण मनोरञ्जन गर्नबाट बञ्चित विद्यार्थीहरु कार्यक्रममा उफ्रिउफ्रि र चिच्च्याइ चिच्च्याइ आफ्ना प्रतिभाहरु प्रस्तुत गर्दै उपस्थित सबैलाई हँसाइरहहेका थिए ।

Facebook Comments