• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर बंगलाचुली अध्यक्षमा नेपाली




बंगलाचुली । प्रेस सेन्टर नेपाल दाङ बङ्गलाचुलीको अध्यक्षमा जीवन नेपाली चयन हुनुभएकोछ ।

शनिबार कमिरेचौरमा भएको पहिलो भेलाले नेपालीको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका शाखा समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा कमल कवर मगर र देवा भुसाल, सचिव गुरु बिश्वकर्मा, सहसचिव ध्रुवराज कवर, कोषाध्यक्ष मधुसूदन गिरी तथा सदस्यहरुमा सिर्जना बिक, नोखीराज बिक, सचिन परियार, गायत्री बिश्वकर्मा र हरिकला परियार रहनुभएको छ ।

जीवन नेपालीको अध्यक्षतामा भएको भेलाको उद्घाटन संगठनका केन्द्रीय सदस्य एवं प्रदेश समन्वय प्रमुख अजयदीप शर्माले गर्नुभएको थियो ।

प्रमुख अतिथी शर्माले नेपालमा ग्रामीण पत्रकारिताको नेतृत्व माओवादी विचारले गरेको बताउनुभयो । ग्रामीण क्षेत्र उठेर नै देशमा गणतन्त्र आएको उल्लेख गर्दै उहाँले यसमा पत्रकारिता क्षेत्रको पनि योगदान रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी र माओवादी केन्द्र बङ्गलाचुलीका अध्यक्ष डोमाकान्त कवर मगर, प्रदेश सदस्य चुरामणि नेपाली, संगठनका दाङ जिल्ला सस्थापक अध्यक्ष पुरन शर्मा, प्रदेश उपाध्यक्ष प्रकाश चौधरी, प्रमुख सचिव भुपेन्द्र ओली, जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली, जिल्ला सदस्य सन्तोष डागी र वाइसीएलका पालिका अध्यक्ष सुशील परियारले शुभकामना दिनुभएको थियो ।

देवा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संचालन मधुसूदन गिरीले गर्नुभएको थियो ।

Facebook Comments