• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ क्रिकेट लिगलाई सगरमाथा सिमेन्टको मुख्य प्रायोजन




दाङमा हुन लागेको दाङ क्रिकेट लिग क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सगरमाथा सिमेन्ट जोडिएको छ ।

नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको सगरमाथा सिमेन्टले पहिलो पटक आयोजना हुन लागेको दाङ क्रिकेट लिगलाई पनि मुख्य प्रायोजन गरेर समाजिक उत्तरदायित्व अभियान अन्तर्गतको काममा संलग्न भएको हो ।

सगरमाथा सिमेन्टको उद्योग नै दाङमा रहेकाले पनि यहाँको खेलकुदको विकासमा केही हदसम्म सहजता हुने देखेर मुख्य प्रायोजन गरेको कम्पनीले जनाएको छ । कम्पनीका तर्फबाट प्रतिक अधिकारी र दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पहिलो वर्षका लागि भए पनि आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सहमति भएको छ । सम्झौताको रकम भने खुलाइएको छैन् । दुई पक्षको सहमति अनुसार अहिलेलाई सम्झौता रकम नखुलाईएको अध्यक्ष मजगैंयाले जानकारी दिए ।

सम्झौता अनुसार प्रतियोगितामा सगरमाथा सिमेन्टको ब्रान्डिङ गर्नुपर्ने छ । चैत १२ गतेदेखि सुरुहुन लागेको दाङ क्रिकेट लिगको तयारी पनि तीब्र गतिमा अघि बढेको छ ।

अहिले पीच निर्माणको काम भइरहेको छ भने प्रतियोगितामा सहभागी हुने ५ टिमका मालिकको पनि फाइनल भइसकेको छ । टिम दाङकै राजनीतिक नेतृत्व तथा व्यवसायीहरुले लिएका छन् ।

Facebook Comments