हिमाल महरा
घोराही, २६ फागुन । दाङको घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ शुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा उद्योग, व्यापार,कृषि एवं पर्यटनको विकास, परनिर्भरतामुखी अर्थतन्त्रको निकास भन्ने मुल नारासहित आज बिहीबार घोराहीको झिंगौरामा सो प्रदर्शनी शुरु भएको हो ।
कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मेला तथा महोत्सवले कृषि क्षेत्रमा उत्पादन भएको वस्तुलाई बजारीकरण गर्ने बताए । उनले औद्योगिक क्षेत्रबाट उत्पादन भएको बस्तुहरु एक अर्काको सहज रुपमा बुझ्न् सक्ने स्पष्ट पारे ।
महोत्सवलाई पैसा कमाउनका लागि मात्र हो भनेर हेर्ने दृष्टिकोण गलत भएको र प्रदर्शनीबाट हरेक किसानहरुले उत्पादन गरेको बस्तु एक अर्काले सहज रुपमा बुझ्ने, सिक्ने र एउटा नयाँ बहस चल्ने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यको नीतिगत निर्णयहरु नहुँदा नीजि क्षेत्रले प्रतिस्पर्धा गर्न नसकेको र अब उत्पादनमुलक तथा कृषिलाई व्यावसायिककरण गर्नुपर्ने बताए ।
उनले देशमा भएका दक्ष जनशक्ति विदेश पलायन भएको र अब अनुपादित क्षेत्रमा भन्दापनि उत्पादित क्षेत्रमा लगानी गर्नुपर्ने समेत उल्लेख गरे ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनको प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक चण्डीराज ढकालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य, रेखा शर्मा र शान्ता चौधरी, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारु , नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, लुम्बिनी प्रदेशका सदस्य दाना शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका अपाध्यक्ष रामचन्द्र संघाइ आन्तरिक राजस्व तुलसीपुरका प्रमुख गोपिकृष्ण कोइराला , नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले ,दाङ चेम्बर अफ दाङका अध्यक्ष बलदेव योगी, घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य जमशेराली ओली, अरुण कुमार समार्गी, नेकपा एमाले दाङका सचिब, मनोहर बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति कमासिङ भारती, नेकपा माओवादी केन्द्रका दाङका इन्चार्ज जीवन गौतमले विकासका एजेन्डाहारुका नेकपा विशेष कमिटीका सदस्य बिक्रम, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, राप्रपा दाङ जिल्ला सचिब त्रिभुवन थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले र सचिब नरेश कुमार श्रेष्ठले गरेका थिए ।
दाङ जिल्ला उवासंको परिसरबाट निकालिएको विभिन्न झाकी, जातीय पोशक तथा पन्चेबाजासहित शोभायात्रा बजारको परिक्रमा गरि प्रदर्शनी स्थलमा पुगेको थियो ।
प्रदर्शनीमा भोली शुक्रवार भोली गायक प्रकास सपुत, हेमन्त शर्मा, पुर्णकला वि सी, शान्ति चन्द, पिताम्वर रिजाल, मिरा गिरी डान्सर टिका जैसीको प्रस्तुती रहने भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।