• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तरुण दलको सभापतिमा पौडेल




दिपसागर पौडेल /
कुश्मा नगरपालिका ७ खरेहा स्थित नेपाली काङ्ग्रेसको ७ नं वाड पार्टी कार्यलय प्राङ्गणमा काङ्ग्रेस भातृ संगठन तरुण दलको पुनर्गठन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

गोबिन्द राज पौडेलको सभापतित्वमा २३ जना कार्यसमिति सँगै पुनर्गठन कार्यक्रम सम्पन्न भएको हो ।
तरुण दल कुश्मानगर ७ सभापति धनबहादुर खाण ठकुरी अमृतले अब आउने निर्वाचनमा काङ्ग्रेस बलियो भएर अगाडि बड्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला पार्टी सचीव तथा सोही कार्यक्रमका प्रमुख अतिथि अशोक उचाइ ठकुरीले अबको विकल्प काङ्ग्रेस बाहेक अरु कुनै पार्टी हुन नसक्ने जिकिर गर्नु भयो र अबको निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने बताउदै नेपाली काङ्ग्रेसले सोझा जनतालाई हिड्न बाँच्न सिकाएको ठहर गर्दै जनताको पक्षमै काङ्ग्रेसले मत जितेर अगाडि बढ्ने कुरामा स्पष्ट धारणा राख्नु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि तथा कुनपा ७ काङ्ग्रेस सभापति खेमनाथ शर्माले बिगतका कमिकमजोरी र अन्तरघात बाट सच्चिएर अगाडि बढनु पर्नेमा जोड दिनुभयो एम सिसि काङ्ग्रेसकै पक्षमा पास भएको बताउदै बिकास निर्माणका योजनाहरुले देश समृद्धिको उचाइमा पुग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका विशिष्ट अतिथि तथा काङ्ग्रेस कुश्मानगर सभापति किशोर भण्डारी ले जनताको साथमा नेपाली काङ्ग्रेस सदा इमानदार भएको र जनताको पक्षमा अमुल्य मत प्राप्त गरि जनताकै पक्षमा नेपाली काङ्ग्रेस सदा उभिएको बताउनु भयो ।

धनबहादुर खाण ठकुरी अमृतको सभापतित्वमा काङ्ग्रेस भातृ संगठन तरुणदलको नयाँ कार्यसमिति पुनर्गठन कार्यक्रममा काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि परशुराम पुरी, काङ्ग्रेस प्रदेश प्रतिनिधि सागर गिरि, नेपाली काङ्ग्रेस क्षेत्र कका सचीव केशव उपाध्यय, तरुण दल कुश्मानगरपालिका सभापति सुबर्ण अर्याल, नेपाल महिला संघ कुनपा ७ सभापति मिठु पौडेल र कुनपा ७ नेपाली काङ्ग्रेस सचीव बालकृष्ण शर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि कृष्ण प्रसाद शर्माको स्वागत र संचालन सचीव सुरेन्द्र पौडेलले गर्नुभएको थियोे ।

Facebook Comments